काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू-
१) भारत सरकारले अनुदान सहयोगस्वरुप उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई हस्तान्तरण, ७७ जिल्लामा एकसाथ खोप अभियान सुरु गर्ने सरकारको तयारी ।
२) नेकपा ओली निकट पत्रकारलाई प्रधानमन्त्रीको टिप्स– हेर्दैखेरी हाम्रो पार्टीको भनेर चिनियोस्, देशको ठूलो समस्या पीत पत्रकारिता भएको तर्क, सञ्चार माध्यमले छापिरहेका सामग्री देशको हितमा नभएको दाबी ।
३) प्रोटोकलमा हस्ताक्षरसँगै नेपालीका लागि इजरायल रोजगारीको बाटो खुल्यो, केयरगिभर काममा पाँचसय नेपाली युवा रोजगारीका लागि इजरायल जान पाउने, इजरायली श्रम कानुनअनुसार सेवा सुविधा पाउने ।
४) अमेरिकी राष्ट्रपति जो बाइडेनको २६ सदस्यीय मन्त्रिपरिषदमा १२ जना महिला, ह्वाइट हाउसको पहिलो दिनमै बाइडेनले उल्टाए ट्रम्पका निर्णय, मेक्सिकोको सीमामा पर्खाल लगाउन रोक ।
५) र, प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको लगातार दोस्रो जित, लुम्बिनीविरुद्ध सुनीलको शतक, अर्को खेलमा एपिएफको लगातार दोस्रो जित, गण्डकी आउट ।