काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु, नेपालमा २८ पुगे मृतक, शनिबार थपिएका ५ सय ५४ जनासहित नेपालमा संक्रमितको संख्या पुग्यो १२ हजार ३०९ । (७७ जिल्लामै देखियो कोरोना)
२) अफ्रिका हुँदै भारतमा आएको सलह नेपालमा पनि प्रवेश, सलह नियन्त्रणबारे एफएओ र पाकिस्तानका वैज्ञानिकसँग कृषि मन्त्रालयको तीन घण्टा छलफल । ( सलह नेपालमा पनि प्रवेश )
३) सामाजिक सञ्जाल र मोबाइल एप्स चलाउन सुरक्षित रहे÷नरहेकोबारे जाँच गर्न सरकारलाई संसदीय समितिको निर्देशन, सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरुको अनिवार्य सेक्युरिटी अडिटको व्यवस्था गर्नुपर्ने । ( सरकारलाई संसदीय समितिको निर्देशन)
४) इटालियन सिरि ए फुटबलमा लिग लिडर युभेन्टसको सहज जित, लिसी ४–० गोलअन्तरले पराजित, जितसँगै दोस्रो स्थानमा रहेको लाजियोसँग युभेन्टसको ७ अंकको अग्रता । ( युभेन्टसको सहज जित )
५) र, अमेरिकी विदेशमन्त्री माइक पोम्पियोद्वारा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई भिसा प्रतिबन्ध लगाउने घोषणा, अमेरिकी निर्णय गलत भएको भन्दै तत्काल फिर्ता लिनुपर्ने चीनको भनाइ । (सिपीसी नेतालाई अमेरिकी भिसा प्रतिबन्ध)