काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, २४ पुगे मृतक, २४ घण्टामा थपिएका ५३८ जनासहित संक्रमितको संख्या १० हजार ९९ पुग्यो । ( २४ पुगे मृतक)
२) कोरोना परीक्षणको निर्देशिका कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, आइसोलेसनमा रहेकाको पुनः परीक्षण नगरि पठाउन रोक, आरडिटी परीक्षणमाथि जिल्ला अदालत काठमाडौंले उठायो गम्भीर प्रश्न । ( आइसोलेसनमा रहेकालाई पुनः परीक्षण गर्नुपर्ने )
३) लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन, निर्देशिका कार्यान्वयनमा कुनै समस्या भए सम्बन्धित स्थानीय तहसँग परामर्श गर्न सुझाव । ( निजी विद्यालयलाई मन्त्रालयको निर्देशन )
४) इटालियन सिरी ए फुटबलमा युभेन्टसद्वारा बोलोग्ना २–० गोलअन्तरले पराजित, रोनाल्डो र डिबालाको गोल, जितसँगै शीर्ष स्थानको युभेन्टसको २७ खेलबाट ६७ अंक । ( रोनाल्डो र डिबालाको गोल )
५) र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए विदेशी कामदार भिसामा रोक, कोरोना भाइरसले बेरोजगारी बढेकाले अमेरिकी नागरिको रोजगार संरक्षण गर्न नयाँ आदेश जारी गरेको भनाइ । ( कामदार भिसा र ग्रिनकार्डमा रोक )