काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिन उपयुक्त हुने नेकपा सचिवालयको निष्कर्ष, २०६३ सालको अन्तरिम संविधानमा रहेको व्यवस्था नै कायम हुनुपर्ने पक्षमा कांग्रेस । – वैवाहिक अंगीकृतबारे नेकपामा सहमति)
२) नेपालमा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ८ हजार ६०५ पुगे संक्रमित, हालसम्म १ हजार ५७८ जना उपचारपछि निको । (८६०५ जना कोरोना संक्रमित)
३) स्वास्थ्य सामग्री खरिदमा लेखा समितिले थाल्यो छानबिन, सोमबार दुई मन्त्रालयसँग स्पष्टीकरण लिइने, १० अर्बको खर्च र मेडिकल सामग्री खरिदबारे सेनासँग पनि विवरण माग । (लेखा समितिले थाल्यो छानबिन)
४) स्पेनिस ला लिगामा सेभियासँग बराबरीमा रोकियो बार्सिलोना, शीर्ष स्थानको बार्सिलोनाले सेभियासँग अंक बाँढ्न बाध्य भएपछि दोस्रो स्थानको रियल मड्रिडलाई फाइदा । (सेभियासँग बराबरीमा रोकियो बार्सिलोना )
५) र, अमेरिकी अदालतले दियो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी ¥याली गर्न अनुमति, संक्रमण बढ्दो क्षेत्रमा ¥याली आयोजना गर्न लागेकोप्रति स्वास्थ्य अधिकारीहरुद्वारा चिन्ता व्यक्त । (ट्रम्पलाई सहज)