काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण, नेपालमा २० पुगे मृतक, बुधबार थपिएका ५८६ जनासहित कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुग्यो । ( मृतकको संख्या २० पुग्यो )
२) रक्षामन्त्री पोखरेलको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना, मन्त्रिपरिषद्बाट जिम्मा पाए पनि खरिद प्रक्रियामा रक्षामन्त्री हाबी भएको सेना स्रोतको दाबी । ( मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना )
३) विद्युत नियमन आयोगले तोक्यो नयाँ विद्युत महशुल दर, डेडिकेटेड र ट्रंकलाइनको प्रावधान हटाइयो, बहालबाला आफैले मिटर राख्न पाउने व्यवस्था गरिदैं । ( तोकियो नयाँ विद्युत महशुल दर )
४) बायर्न म्युनिखलाई दुई खेलअघि नै लगातार आठौं पटक जर्मन लिग बुन्डेस लिगाको उपाधि, भेर्डाओ ब्रेमेन १–० गोलले अन्तरले पराजित । ( बायर्न म्युनिखलाई लगातार आठौं उपाधि )
५) र, चीनको बेइजिङ्गमा बुधबार थप ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, एक सय ३७ जना नयाँ संक्रमित, हजार बढी हवाई उडान र विद्यालय बन्द । ( कोरोनापछि चीनमा विद्यालय बन्द )