काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालमा थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो, ४६७ जना उपचारपछि निको । (कोरोना संक्रमित ३४४८ पुगे)
२) नागरिक सरकारले सेना परिचालन गर्न नमिल्ने कांग्रेस सांसद प्रकाशमान सिंहको भनाइ, कोरोना नियन्त्रण गर्न सेनाको परिचालन ऐन अनुरुप भए÷नभएकोबारे नेकपा सांसद भीम रावलको जवाफ माग । ( सेना परिचालनविरुद्ध सांसद )
३) कोरोना संक्रमितलाई परीक्षण नगरी घर पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन, संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई १४ दिनभित्र डिस्जार्च गर्न पत्र । ( कोरोना संक्रमितलाई परीक्षण नगर्न निर्देशन )
४) जर्मन बुन्डेस लिगाको उपाधि लगातार आठौँ पटक जित्न बायर्न म्युनिकलाई अब चार खेलमध्ये दुई खेलमा जित आवश्यक, ३० खेलमा ७० अंकसहित शीर्ष स्थानमा । ( बायर्नलाई दुई जित आवश्यक )
५) र, विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ब्राजिलका राष्ट्रपति बोल्सोनारोको चेतावनी, देशमा लकडाउन खुला गरेकोमा असहमति जनाएपछि डब्लूएचओ राजनीतिक प्रभावमा परेको आरोप ।