काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) पाल्पाका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १० पुग्यो, बिहीबार थपिएका ३३४ जनासहित कोरोना संक्रमित २ हजार ६३४ पुगे । ( मृतकको संख्या १० पुग्यो )
२) निरन्तरको लकडाउनले जीवन चलाउन कठिनाइ हुन थालेपछि साना व्यवसायीद्वारा लकडाउनको प्रतिकार, उपत्यकाका तीनै सिडिओ र व्यापारीबीच छलफल, लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निष्कर्ष । ( व्यवसायीले थाले लकडाउनको प्रतिकार)
३) स्वदेश फर्कने नेपालीहरुको स्वास्थ्य परीक्षण शुल्क कसले बेहोर्ने ? भन्नेबारे सरकार मौन, जुन देशमा जे सुविधा छ त्यहि अनुसार गर्नुपर्ने कोभिड–१९ उच्चस्तरीय समितिको भनाइ । ( स्वास्थ्य परिक्षणबारे सरकार मौन )
४) ‘तराईतिर राष्ट्रियताको भावना कम भएको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मागे माफी, आफ्नो मनसाय फुटबलको विकासभन्दा बढी केही नभएको भनाइ । ( एन्फा अध्यक्षले मागे माफी )
५) र, भारतसँगको सीमा विवाद समाधानमा कुनै तेस्रो पक्षको हस्तक्षेप जरुरी नभएको चीनको भनाइ, दुवै देश सीमा समस्या समाधानका लागि सक्षम रहेको प्रतिक्रिया । (सीमा विवादबारे चीनको अभिव्यक्ति)