काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) २४ घन्टायता थप २ सय २६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो, २ सय २१ जना उपचारपछि निको । (कोरोना संक्रमित १७९८ पुगे)
२) एमसिसी विगतकै निरन्तरता भएको अर्थमन्त्री खतिवडाको भनाइ, सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने नभएको दावी, बजेटअघि भन्सारबाट गाडी छुटेको विषय संसदमा । (संसदमा अर्थमन्त्री)
३) विदेशबाट नेपाल फर्किनेहरुले ७ दिन भित्रको स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य रुपमा बुझाउनुपर्ने, फर्किएकालाई सम्बन्धीत स्थानीय तह वा सरकारले तोकेको क्वारेन्टाइनमा १४ दिन राखिने । (नेपाली फर्काउन सरकारको तयारी)
४) जर्मन बुन्डेस लिगामा बोरुसिया डोर्टमुन्डद्वारा एससी पार्डाबोन ६–१ गोल अन्तरले पराजित, सान्चोको खेल जीवनकै पहिलो ह्याट्रिक, ‘सेलिब्रेसन’मा न्यायको माग । (सान्चोको पहिलो ह्याट्रिक)
५) र, अमेरिकामा काला जातिका जर्ज फ्लोयडको हत्याको विरोधमा व्यापाक प्रदर्शन, ह्वाइट हाउसअगाडि प्रदर्शन बढेपछि राष्ट्रपति ट्रम्पलाई करिब एक घन्टा बंकरमा राखिएको खुलासा । (अमेरिकामा व्यापक प्रदर्शन)