काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) काठमाडौंमा एक जनासहित नेपालमा थप १९ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ६ सय ३ पुग्यो, ८७ जना उपचारपछि निको । (कोरोना संक्रमित ६०३ पुगे)
२) संविधान संशोधनको विषयलाई प्याकेजमा हल गर्न जनता समाजवादी पार्टीको माग, देउवा प्याकेजमा संविधान संशोधन गर्ने विषयमा सकारात्मक देखिएको नेता श्रेष्ठको भनाइ । (संविधान संशोधनमा जसपाको प्रयत्न)
३) नवीन उद्योग स्थापना र सञ्चालन गर्ने कार्यक्रम अघि बढाउने तयारीमा सुदूरपश्चिम प्रदेश, हरेक निर्वाचन क्षेत्रमा दुई वटा नवीन उद्योग स्थापना गर्न अनुदान सहायता गर्ने । (नवीन उद्योगको तयारीमा सुदूरपश्चिम प्रदेश)
४) स्पेनिस लिग फुटबल ला लिगा आउँदो जुन ८ बाट बन्द रंगशालामा सुरु गर्न सकिने, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले दिए अनुमति । (ला लिगालाई सरकारको अनुमति)
५) र, हङकङ्का लागि चीनले प्रस्ताव गरेको सुरक्षा कानूनको विरोधमा प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार, विश्वभरका २०० बरिष्ठ राजनीतिक व्यक्तित्वहरूको गम्भीर चिन्ता । (प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार)