काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) थप एक जना कोरोना संक्रमितको मृत्युपछि नेपालमा मृतकको संख्या तीन, बिहीबार २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ५३ पुग्यो । (मृतकको संख्या तीन पुग्यो)
२) लकडाउनमा पनि आयल निगमको ध्यान नाफा असुलीमै, बिक्री कम भएको भन्दै ऐनले तोकेभन्दा बढी नाफा, ऐन विपरित डिजलेमा ३० र पेट्रोलमा २३ प्रतिशत नाफा खाँदै । (आयल निगमको ध्यान नाफामा)
३) श्रमिकलाई लकडाउन अवधिमा तलब उपलब्ध गराउन सरकारको निर्देशन, घरमा बस्नेलाई तलब दिन नसकिने र काममा खट्नेलाई ५० प्रतिशत मात्रै पारिश्रमिक दिन सकिने उद्योगीको भनाइ । (श्रमिकलाई तलब दिन सरकारको निर्देशन)
४) इटालियन लिग फुटबल सिरि ए अगस्ट २० सम्म सकाइसक्नुपर्ने गरी मिति तय, नयाँ सिजन सेप्टेम्बर १ देखि सुरु, हरेक टिमले १२ खेल खेल्न बाँकी । ( सिरि ए को मिति तय)
५) र, भारतमा एकै दिनमा २ सय ४ ओटा मजदुर विशेष रेल सञ्चालन, विभिन्न प्रदेशमा अलपत्र परेका मजदुरहरुलाई जान चाहेको ठाउँमा पु¥याउन सञ्चालन गरिएको भनाई । (भारतमा मजदूर विशेष रेल सञ्चालन)