काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) संसदलाई प्रधानमन्त्री ओलीको संवोधन, सरकार भूमि फिर्ता ल्याउने कुरामा पछि नहट्ने दाबी, अशोकाले बनाएको भारतको प्रतिक चिन्ह ‘सत्यमेव जयते’मा नेपालले विश्वास गर्ने भनाइ । (संसदमा प्रधानमन्त्रीको संवोधन)
२) नेपालमा आज मात्रै थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय २ पुग्यो, ३७ जना उपचारपछि निको । (संक्रमितको संख्या ४०२ पुग्यो)
३) रोजगारदाता परिषदका सभापतिले दिए पाँच सय कर्मचारीलाई एकैपटक बेतलबी बिदा, मजदूरलाई ५० प्रतिशत तलब दिने उद्योग वाणिज्य महासंघको भनाइ, तर उपाध्यक्षको कम्पनीद्वारा बेतलबी बिदा । (पाँच सय कर्मचारीलाई बेतलबी बिदा)
४) इंग्लिस प्रिमियर लिग क्लबहरु सानो समूहमा सानो मैदानमा सामूहिक अभ्यासका लागि राजी, अभ्यासमा कुनै गल्ती हुन नदिन खेलाडीमाथि जिपिएसमार्फत हरक्षण निगरानी । ( खेलाडीमाथि हरक्षण निगरानी )
५) र, अमेरिकामा मान्छेमा गरिएको पहिलो चरणको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल, आगामी परीक्षण पनि सफल भए बजारमा आउन आगामी वर्षको जनवरीसम्म कुर्नुपर्ने । (कोरोनाविरुद्धको खोप परीक्षण सफल)