काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालमा आज मात्रे ६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या ३ सय ५७ पुग्यो, बाँकेमा मात्र ४७ जना थपिए । (एकै दिन ६२ जना संक्रमित)
२) सार्वजनिक खर्च पुनरावलोकन आयोगद्वारा संघीय सरकारअन्तर्गत १६ वटा मन्त्रालय मात्रै राख्न सरकारलाई सुझाव, १६ वटा मन्त्रालयअन्तर्गत रहने गरी ३५ वटा विभाग राख्न सिफारिस । (संघमा १६ मन्त्रालयको सुझाव)
३) विभिन्न कारणले ज्यान गुमाएका १ सय ४४ नेपाली श्रमिकहरुका शव विदेशमा अलपत्र, गन्तव्य मुलुकमै अन्त्येष्टिको सहमति दिँदै आफन्त, स्वदेशमै ल्याउन चाहानेले सामान्य अवस्था कुर्नुपर्ने । (गन्तव्य मुलुकमै अन्त्येष्टिको सहमति)
४) जर्मन बुन्डेस लिगा अन्तर्गत आइतबार राति भएको खेलमा कोरोनाले रोकिएपछि फुटबलमा फर्किएको बायर्नका लागि सुखद सुरुवात, एफसी युनियन बर्लिन २–० ले पराजित । ( बायर्नको सुखद सुरुवात )
५) र, कोरोना संक्रमित बढेसँगै ब्राजिलको स्वास्थ्य प्रणाली ’कोल्याप्स’ को स्थितिमा, यस्तै अवस्था रहे अबको दुई हप्ताभित्र माग धान्न नसक्ने स्थितिमा पुग्ने चेतावनी । (संकटमा ब्राजिलको स्वास्थ्य प्रणाली)