काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) आज थप दुई जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या २ सय ४६ पुग्यो, ३५ जना उपचारपछि निको, पिसिआर परिक्षण बढाउन सर्वोच्चको आदेश । (संक्रमितको संख्या २४६ पुग्यो)
२) आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन, आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रीत गर्न सुझाव । (संसदीय समितिको सरकारलाई निर्देशन)
३) दुई प्रतिशत ब्याज छुटको नीतिले लाभांश दिन नसक्ने अवस्थामा बैंक, बैंकको नाफा घटेपछि लगानीकर्ता अन्यौलमा, कोरोनाको प्रभाव सकिएपछि रिकभर हुने बैंकरहरुको विश्वास । (नाफा घटेपछि लगानीकर्ता अन्यौलमा)
४) कोरोना भाइरसका कारण रोकिएको इटालियन लिग फुटबल सिरि ए आउँदो जुन १३ बाट सुरु गर्ने तयारी, इटाली सरकारको अनुमति मिल्न बाँकी । ( आउँदो १३ जुनबाट सिरि ए )
५) र, सरकारको कमजोरी सार्वजनिक गरेको भन्दै भारतमा ६ पत्रकार विरुद्ध १६ एफआईआर दर्ता, लकडाउनको समयमा हिमाञ्चल प्रदेशका मजदुरहरुको समस्या सार्वजनिक गरेको आरोप । (भारतमा ६ पत्रकारविरुद्ध एफआईआर)