काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु, सांसद अपहरणमा सरकारको संलग्नता दुर्भाग्यपूर्ण कदम भएको कांग्रेस सभापति देउवाको भनाइ, बाबुराम भट्टराईद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग । (बजट अधिवेशन सुरु)
२) नेपालगञ्जमा थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या १ सय २ पुग्यो, ३० जना उपचारपछि निको । (थप एक जनामा कोरोना)
३) समाजवादीका सांसद डा. सुरेन्द्र यादवको अपहरणबारे अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको टोली महोत्तरी प्रस्थान, अपहरणस्थल महोत्तरी भएकाले त्यहीँ गएर अनुसन्धान गर्नुपर्ने देखिएको भनाइ । (सांसद अपहरणको अनुसन्ध सुरु)
४) इटालियन सिरी ए क्लबलाई अभ्यासमा फर्कन समस्या, फिओरेन्टिनाका तीन खेलाडी र तीन पदाधिकारीसहित ६ जनामा देखियो कोरोना भाइरस संक्रमण । ( अभ्यासमा फर्कन समस्या)
५) र, घर जान पैदलै हिँडेका मजदुर रेल्वे ट्र्याकमा आराम गरिरहेका बेला रेलले कुल्चँदा भारतको महाराष्ट्रमा १६ मजदुरको मृत्यु, घटनाको अनुसन्धान गर्न केन्द्रीय रेलमन्त्रीको निर्देशन । (भारतमा १६ मजदुरको मृत्यु)