काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) एमसिसीबारे नेकपा कार्यदलको प्रतिवेदनपछि झन् थपियो अन्यौल, तीन महिनासम्म सार्वजनिक नगरिएको प्रतिवेदन पार्टीभित्र विवाद चर्किएका बेला असहमति सहित सार्वजनिक । (एमसिसीबारे थपियो अन्योल)
२) संघीय सरकारअन्तर्गत सञ्चालित सम्पूर्ण अधुरा आयोजनाको विवरण खोज्दै राष्ट्रिय योजना आयोग, सबै मन्त्रालयलाई चालु आयोजनाका विवरण बुझाउन परिपत्र । (आयोगको ध्यान अधुरा आयोजनामा)
३) समाजवादीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता, महेश बस्नेत र सर्वेन्द्र खनालले पनि गरे मानवअधिकार आयोगमा उजुरी । (काउन्टर उजुरी)
४) प्रिमियर लिग सुरु गर्न क्लबको घरेलु मैदानको विकल्पमा तेस्रो मैदान प्रयोग गर्न रेलिगेसन नजिकका क्लबको आपत्ती, कुनै ‘न्युट्रल’ मैदानमा खेल खेल्नुपर्ने निश्कर्ष । ( रेलिगेसन नजिकका क्लबको आपत्ति)
५) र, कोरोना भाइरसबाट बढी प्रभावित युरोपेली मुलुकहरु फ्रान्स, इटाली र स्पेनमा दैनिक मृत्युदर २ महिनायताकै कम, फ्रान्समा २७ डिसेम्बरमै कोरोना भाइरस देखिएको डाक्टरहरुको दाबी । (डिसेम्बरमै फ्रान्समा कोरोना)