काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) सरकारका कामको समीक्षासँगै राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदको अध्यादेशलाई लिएर तत्काल स्थायी कमिटी बैठक बोलाउन नेकपा नेताहरुको माग, प्रचण्ड–नेपाल प्रेसर बढाउँदै, ओली टार्दै । (स्थायी कमिटी बैठकको माग)
२) २४ घण्टामा २ हजार १८४ जनाको कोरोना परीक्षण, हालसम्म १० हजार ४ सयको जाँच, निजी प्रयोगशालाले पनि पिसिआर परीक्षण गर्न पाउने । (कोरोना अपडेट)
३) सवैधानिक परिषद र राजनीतिक दफ सम्वन्धी अध्यादेशका कारण मृत भएका कानुन गोप्य रुपमा जगाउने अध्यादेश जारी , राजपत्रमा सुचना आएपछि सार्वजनिक । (सरकारले सच्चायो अध्यादेशको गल्ती)
४) इटालियन सिरि ए टिमका खेलाडीहरुलाई मे ४ तारिखदेखि व्यक्तिगत रुपमा फुटबल अभ्यास गर्न दिइने, मे १८ देखि टिमहरुको सामूहिक अभ्यास पनि सुरु हुने । (अभ्यासको तयारीमा सिरि ए)
५) र, उत्तर कोरियाली नेता किमको कमजोर स्वास्थ्य अवस्थाबारेको विवरणहरु अस्वीकार गर्दै उनी ‘जीवत र सन्चै’ भएको दक्षिण कोरियाको भनाइ, कुनै असमान्य संकेतहरु नआएको तर्क । (किमको स्वास्थ्यबारे चौतर्फि चासो)