काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) वीरगञ्जमा थप २ जनामा देखियो कोरोना भाइरस संक्रमण, संक्रमित हुनेमा वीरगञ्ज महानगरपालिकाका सफाई कर्मचारी, ५१ जना संक्रमित मध्ये १६ जना उपचारपछि निको । ( थप दुई जनामा कोरोना)
२) लकडाउन सकिए लगत्तै सडक आन्दोलन गर्ने तयारीमा कांग्रेस, अध्यादेश फिर्ता लिएर मात्रै चित्त नबुझाएको कांग्रेसले अध्यादेशबाट सिर्जित गलत अभ्यासलाई मुख्य मुद्दा बनाउने । (आन्दोलनको तयारीमा कांग्रेस)
३) लोकप्रियताका लागि भत्ता बढाउन राजनीतिक दलहरुबीचको प्रतिस्पर्धाले सरकारमाथि दायित्व बढ्दै, भूकम्प र नाकाबन्दीबीच पनि बढाइयो भत्ता, प्रगतिशील भत्ताको अवधारणामा अघि बढ्न अर्थशास्त्रीको सुझाव । ( भत्ता बढाउन प्रतिस्पर्धा)
४) इंग्लिस क्बल चेल्सीका खेलाडीहरुको तलब नकाटिने, खेलाडीहरु अरु कुनै सहयोगका काममा विचार गरिने तर तलब कम गर्नेमा सहमत भएनन् । (चेल्सीका खेलाडीको तलब नकाटिने)
५) र, उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यलाई लिएर अनेक अडकलबाजी सुरु, हजुरबुबा किम इल सुङको जन्मदिनपछि सैन्य स्थापना दिवसमा पनि उपस्थित भएनन् । (किमको स्वास्थ्यबारे अनेक अडकलबाजी)