काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) पछिल्लो २४ घण्टामा १ हजार ९४५ जनाको कोरोना परीक्षण, वीरगञ्जमा कोरोना उपचाररत ४ जना निको भए, संक्रमित ४९ जनामध्ये हालसम्म १५ जनाले जिते कोरोना । (१५ जना निको भए)
२) प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति देउवाबीचको भेटबारे चौतर्फि चासो, उपसभामुखदेखि संवैधानिक निकायमा नियुक्तिबारे छलफल भएको विश्लेषण । (ओली–देउवाबीचको भेटप्रति चासो)
३) सांसद अपहरणमा संलग्नमाथि सम्बन्धित पार्टीका नेता भट्टराई, प्रतिपक्षी कांग्रेससँगै सत्तारुढ दल नेकपाका नेताहरुद्वारा कारबाहीको माग, कानुनी उपचारमा न दल इच्छुक, न अपहरित नै । (अपहरण प्रकरणमा कारबाहीको माग)
४) अस्ट्रेलियाका पूर्व अलराउण्ड क्रिकेटर ग्रामी वाट्सनको ७५ वर्षको उमेरमा निधन, अस्ट्रेलियाका लागि पाँच टेस्ट क्रिकेट र दुई एकदिवसीय खेल खेलेका वाट्सनको क्यान्सरका कारण मृत्यु । (ग्रामी वाट्सनको निधन)
५) र, उत्तर कोरियाली नेता किम गम्भीर बिरामी भएको भन्ने समाचारमा सत्यता नभएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ, पूरानो कागजातलाई सूचनाको आधार बनाएर समाचार सार्वजनिक गरिएको दाबी । (किमबारे ट्रम्पको दाबी)