काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) उदयपुर मस्जिदकै थप १० जनामा कोरोना संक्रमणको पुष्टि, उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको मन्त्रालयको भनाइ, संक्रमितको संख्या ४० पुग्यो । ९ संक्रमितको संख्या ४० पुग्यो०
२) सरकारले ल्याएको अध्यादेशविरुद्ध राजनीतिक दल, सबैलाई प्रतिवादमा उत्रन प्रमुख प्रतिपक्षी कांग्रेसको आग्रह, आर्थिक चलखेल गरी पार्टी फुटाउने षड्यन्त्र स्वरुप अध्यादेश ल्याइएको समाजवादीको ठहर । ९अध्यादेशविरुद्ध राजनीतिक दल०
३) लकडाउनमा मजदूरलाई ५० प्रतिशत तलब दिने उद्योगीको प्रस्ताव, पारिश्रमिक भुक्तानीका सम्बन्धमा आपसी छलफल र सम्झौता गर्नसक्ने पनि उल्लेख, श्रममन्त्री यादवलाई बुझाए प्रतिवेदन । ९उद्योगीको प्रस्ताव०
४) रोकिएका फुटबल खेलहरु सकाउने योजना बनाउँदै युइएफए, नयाँ मिति र खेल तालिकामा काम गर्न बनाइयो छुट्टै समूह, ५५ देशका पदाधिकारीसँग भिडियो वार्ताको तयारी । ९ नयाँ योजना बनाउँदै युइएफए०
५) र, अमेरिकामा आप्रवासी प्रवेशमा अस्थायी रोक लगाउने ट्रम्पको घोषणा, कोरोना महामारीबाट बचाउन र अमेरिकी नागरिकको रोजगार बचाउन यस्तो निर्णय लिइएको तर्क । ९अमेरिकामा