काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) न्यु बुटवल–गोरखपुर प्रशारण लाइन बनाउन ‘जोइन्ट भेन्चर कम्पनी’ स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा, एमसीसी कम्प्याक्ट कार्यान्वयनमा बाधा नभएको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपालका कार्यकारी निर्देशकको भनाइ । ( ‘एमसीसी कम्प्याक्ट कार्यान्वयनमा बाधा छैन’)
२) चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राख्यो थानकोट नाका हुँदै घर जान लागेका तीन सय नागरिक, त्रिभुवन पार्कको अस्थायी सेल्टरमा १५ वटा स्टल । (त्रिभुवन पार्कमा अस्थायी सेल्टर)
३) श्रमिकलाई घर जान दिन सर्वोच्च अदालतको आदेश र सरकारको जान नदिने निर्देशनपछि चेपुवामा श्रमिक, सरकारको निर्देशनले अदालतको अवहेलना हुने सर्वोच्चका पूर्व न्यायाधिशको भनाइ । (चेपुवामा श्रमिक)
४) पाँचौं संस्करणको एनभीए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल लिग अनिश्चितकालका लागि रोकियो, स्थगित लिगको नयाँ मिति अवस्था सामान्य भएपछि तय गरिने । ( एनभीए क्लब भलिबल लिग स्थगित)
५) र, चीनले सार्वजनिक गरेको कोरोनाको नयाँ तथ्यांकमाथि अमेरिकी राष्ट्रपति ट्रम्पकोे आलोचना, अचानक बढाएर दुई गुणा र्पुयाएको आँकडा निकै कम भएको तर्क । (चीनमाथि ट्रम्पको आलोचना)