काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) आरडिटी र पिसिआरबाट नेपालमा १५ हजार ८ सय जनाको कोरोना परीक्षण, सनसिटीका २ सय ९८ जनामा कोरोनाको ¥यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ ।(कोरोना नतिजा नेगेटिभ)
२) निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकम कोरोना कोषमा रूपान्तरण गरिने, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको समस्या तत्काल सम्बोधन गर्र्न कार्य व्यवस्था समितिको माग । (कार्य व्यवस्था समितिको माग)
३) सरकारले वितरण गर्ने राहत नपाएको दैनिक ज्यालादारीका मजदुरहरूको गुनासो, घर जान वा तत्काल राहत पाउने व्यवस्था गर्न सरकारसँग माग । (राहत नपाएको गुनासो)
४) एक पछि अर्को इंग्लिस प्रिमियर लिग क्लबले उल्ट्याउँदै खेलाडीबाहेकका केही कर्मचारी निकाल्ने निर्णय, लिभरपुल र टोटनह्यामपछि कर्मचारी निकाल्ने निर्णयबाट पछि हट्यो ब्रोनमाउथ । (पछि हट्यो ब्रोनमाउथ)
५) र, विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, कोरोना भाइरसको महामारी रोक्ने जिम्मेवारी निर्वाह गर्न डब्लुएचओ असफल भएको आरोप । (ट्रम्पको निर्देशन)