काठमाडौं- भारतीय खुफिया एजेन्सी (रअ) को गोप्य सूचना भन्दै भारतीय मिडियाले पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जलिम मियालाई भारतमा कोरोना भाइरस फैलाउने योजना बनाएको गम्भीर आरोप लगाएको छ।
विश्व कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका बेला उनीमाथि शुक्रबार कोरोना संक्रमितहरुलाई भारतमा प्रवेश गराएर संक्रमण फैलाउने षड्यन्त्र गरेको अपत्यारिलो आरोप लगाएको हो।