काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सरकारसँग छैन दैनिक उपभोग्य वस्तु अभाव गुनासो सुन्ने संयन्त्र, नचल्ने एपबाट आएका गुनासा सुनिरहेको रिपोर्टिङ माथिल्लो निकायमा, ‘चल्दैन कन्जुमर एप, गुनासो सुन्दैन ११३७’ । (चल्दैन गुनासो सुन्ने संयन्त्र)
२) कोरोनाको जोखिम धेरै कैदीबन्दीले भरिएका कारागारमा उच्च हुने भन्दै केही कैदीबन्दी रिहा, केन्द्रीय कारागार सुन्धारा, डिल्लीबजार र नख्खु कारागार गरी ३८ जना कैदीबन्दीलाई छोडियो । (कैदीबन्दी रिहा)
३) देशका विभिन्न भागमा अलपत्र परेका विदेशी नागरिकको उद्धार, ७ उडानबाट ८९ विदेशी नागरिकलाई काठमाडौं ल्याइयो, सिम्रिकको दुई उडानबाट २ बिरामीको उद्धार । (८९ विदेशीको उद्धार)
४) इंग्लिस फुटबल क्लब ब्राइटनका खेलाडीमा कोरोना भाइरस संक्रमण, खेलाडीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको ब्राइटनका प्रमुख कार्यकारी पोउल बार्बरको भनाइ । (ब्राइटनका खेलाडीमा कोरोना)
५) र, कोरोना भाइरसको उत्पतिबारे चीनसँग विवाद गरिरहेका अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चिनियाँ राष्ट्रपति सीसँग टेलिफोन कुराकानी, आफूहरुले मिलेर काम गरिरहेको ट्रम्पको भनाइ । (ट्रम्प–सीबीच टेलिफोन कुराकानी)