काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारको आह्वान, धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द, एसइई स्थगित ।
२) कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न ३० अप्रिलसम्म सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय, फिल्म हलदेखि डान्स बारसम्म पनि बन्द ।
३) मन्त्री भएको ४ महिनापछि कृषिमन्त्री भुसालले सार्वजनिक गरे कार्यक्रम, ५ नीतिगत आधार तय, शीत भण्डारका लागि पेश्की लिइ काम नगर्ने ५ कम्पनीसँगको सम्झौता रद्ध ।
४) स्पानियोलका ६ खेलाडीलाई कोरोना भाइरसको संक्रमण, बाँकी खेलाडीमा संक्रमण छ÷छैन भन्ने बारे रिपोर्ट आउँन बाँकी, भ्यालेन्सियामा पनि खेलाडी र पदाधिकारीसहित ३५ प्रतिशतमा कोरोना संक्रमण ।
५) र, कोरोना भाइरसका कारण राष्ट्र संघ सुरक्षा परिषद बैठक रद्द, अमेरिकी रोजगारीमा असर पर्ने, कोरोना विरुद्ध लड्न एडिबीको साढे ६ अर्ब डलरको प्याकेज ।