काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कालापानीबार संकल्प प्रस्ताव संसद्मा हठात् स्थगित, सरकारको भूमिकाप्रति सांसदको आलोचना, लिम्पियाधुरा दाबी गर्नुपर्ने सरकारले नेपाली सीमाभन्दा ३५ किलोमिटर वरमात्रै दाबी गरेको सांसदको भनाइ ।
२) कोरोना भाइरसलाई विश्व महामारीकै घोषणा गरिसकेका बेला संसद् नचलाउन सांसदहरुको सुझाव, सभामुखसँग प्रतिनिधिसभाले उपसभामुख नपाउनुको कारण माग ।
३) कृत्रिम अभाव सिर्जना गरी कालोबजारी, मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको बेचबिखनलगायत आरोपमा १० दिनमा ३३ व्यापारिक फर्मलाई कारबाही, कारबाही पर्नेमा अधिकांश औषधि पसल ।
४) पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आर्मीलाई हराउँदै मनाङ फाइनलमा, मनाङले उपाधिका लागि शनिबार पुलिससँग प्रतिस्पर्धा गर्ने ।
५) र, कोरोना प्रकोपको उच्चतम जोखिम बिन्दु हाललाई आफ्नो देशमा सकिएको चीनको घोषणा, नर्वेमा २४ घण्टामै २ सय १२ जनामा कोरोना संक्रमण ।