शम्भुप्रसाद पोखरेल यस्ता व्यक्ति हुन्, जो १० वर्षदेखि यस्तै शवसँग साक्षात्कार गरिरहेका छन्। गत मंगलबार बिहान उनै पोखरेललाई कुराकानीका लागि टेलिफोन गर्दा एउटा शव निकाल्नै व्यस्त थिए- उपत्यकाका चर्पी मिसिएको विष्णुमति नदीबाट।
बल्खु तरकारी बजारमा काम गर्ने उमेश महतो तरकारी बजारसँगैको विष्णुमति नदीमा मृत भेटिएका थिए। नदीमा शव फेला परेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि हवल्दार पोखरेल उतै दौडिए। नदीबाट शव निकाले।
शरीरमा चोटपटक, निलडाल छ/छैन, कस्तो अवस्थामा भेटिएको छ, वरपर केही शंकास्पद वस्तु छ/छैन पोखरेलले यिनै कुरा नियाले। सँगै गएको मुद्दाको टोलीले घटनास्थल मुचुल्का उठायो। करिब दुई घण्टामा काम फत्ते गरेर उनी कार्यालय महाशाखा फर्किए। भिडियो रिपोर्ट :