काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) प्रधानमन्त्री केपी शर्मा ओली पुरै सक्रिय हुन कम्तीमा ६ महिना लाग्ने, प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने निजी चिकित्सक डा. दिव्यासिंह शाहको भनाइ।
२)चीनको वुहानबाट उद्धार गरेर ल्याइएका नेपालीलाई जस्तै अरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने स्वास्थ्य मन्त्री ढकालको भनाइ, डब्लुएचओको मापदण्डअनुसार आफैं क्वारेन्टाइनमा बस्न आग्रह ।
३) कोरोना भाइरस संक्रमणको सन्त्रास बढेसँगै आन्तरिक हवाई उडानमा संकट, दुई दिनमै ६० प्रतिशतले घटे यात्रु, बुधबार विशेष बैठक गर्ने हवाई सेवा सञ्चालन संघको तयारी।
४) मार्च र जुनमा हुने विश्वकपको एसियन छनोट स्थगित, एसियन फुटबल महासंघले विश्व फुटबल महासंघसँग छलफल गरेपछि स्थगित भएका खेलहरुको तालिका सार्वजनिक गर्ने।
५) र, इटालीका सबै क्षेत्रमा कोरोनाको संक्रमण, ६ करोड मानिसलाई घरमै बस्न निर्देशन, प्रधानमन्त्रीद्वारा देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको जानकारी ।