काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सोमबार फागु पूर्णिमा अर्थात् रङहरुको पर्व होली पहाडी र हिमाली जिल्लाहरुमा मनाइयो, कोरोना भाइरस संक्रमण त्रासका कारण उपत्यकामा होलीको उल्लास कम।
२) कोरोना भाइरसका कारण फ्लाई दुबईबाट साउदी जान लागेका १ सय २० नेपाली श्रमिकको उडान रद्द, आप्रवासी आवागमनमा साउदीले ग¥यो कडाइ, कतार प्रवेशमा पनि प्रतिबन्ध ।
३) स्थानीय तहको निर्वाचनमा नेकपाबाट गाउँपालिकाको अध्यक्षको टिकटका लागि १५ लाख मागिएको विषय पार्टी अध्यक्ष ओलीसम्मलाई जानकारी, कुनै कारबाही नभएको पीडितको गुनासो ।
४) पोखरामा जारी १८औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा थ्री स्टार, गान्तोक सिटी एफसी सिक्किम ३–० गोल अन्तरले पराजित ।
५) र, भारतमा इटालीबाट फर्केका दम्पतिबाट सुरु भएको कोरोना भाइरसको संक्रमण ४३ जनामा पुग्यो, यात्रा र संक्रमण जानकारी लुकाउनेमाथि कडा कारबाही हुने केरला प्रशासनको चेतावनी ।