काठमाडौं- नेपालको प्रथम महिला प्रमुख जिल्ला अधिकारी को हो? सामान्य ज्ञानको यो प्रश्नको जवाफ सायद धेरैलाई थाहा हुनुपर्छ– उषा नेपाल। पहिलोपटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुँदा धेरै पुरुषले उनलाई गिज्याउँदै भनेका थिए, 'अब हामीले पनि फ्रक लगाएर हिँड्नुपर्ने होला।'
के उनी सहजै सिडिओ बनेकी थिइन् त? पक्कै होइन। सफलताको कथा पढ्नुअघि उनको विगतको संघर्ष कोट्याउनु जरुरी छ। त्यही अभाव, अडान र संघर्षका कारण नै उषाले यो सफलता चुमेकी हुन्।