काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपाली सेनाभित्रको भ्रष्टाचारका सम्बन्धमा छलफलका लागि संसदीय समितिमा गएनन् रक्षामन्त्री पोखरेल र प्रधानसेनापति थापा, दुवैलाई समितिमा समितिमा उपस्थित गराउन सांसदलाई हैरानी ।
२) दैनिक उपभोग्य वस्तुको अभाव नहुने उद्योग मन्त्रालयको भनाइ, उपभोग्य वस्तु पर्याप्त मात्रामा रहेको निजी र सरकारी दुवै क्षेत्रको तथ्यांक सरकारलाई हस्तान्तरण ।
३) मोरङको मिक्लाजुङ गाऊँपालिका अध्यक्षको टिकट दिलाइदिने भन्दै नेकपा नेता भीम आचार्यमार्फत् बार्गेनिङ, तत्कालीन एमालेका केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठद्वारा १५ लाख रुपैयाँ माग ।
४) चैत १ गतेदेखि हुने भनिएको एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट स्थगित, विश्वभर फैलिएको कोरोना भाइरसको डरले स्थगित प्रतियोगिताको नयाँ मिति तोकिने तयारी ।
५) र, कोरोनाका कारण अमेरिकाका ३ राज्यमा संकटकाल घोषणा, मृत्यु हुनेको संख्या ११ पुग्यो, संक्रमणको जोखिम भएकाले हात मिलाउनुको सट्टा नमस्कार गर्न इजरायली प्रधानमन्त्री नेतन्याहुको आग्रह ।