काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) अर्थमन्त्री डा. खतिवडासहित १९ सांसदको पदावधि मंगलबार राति १२ बजेदेखि सकिँदै, स्वतः पदमुक्त हुनुअघि नै दिए खतिवडाले पदबाट राजीनामा, प्रधानमन्त्रीले सम्हाले अर्थ मन्त्रालयको जिम्मेवारी।
२) प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ८ बजेदेखि सुरु हुने, प्रत्यारोपणमा डाक्टर, नर्स र स्वास्थ्यकर्मी गरी १२ जनाभन्दा बढी खटिने।
३) नेपाल राष्ट्र बैंकको सिक्का छाप्ने मेसिन खुला आकासमुनि, अर्बौ रुपैयाँका ५० वटा काम लाग्ने र कामै नलाग्ने २३ वटा मेसिन असुरक्षित अवस्थामा।
४) एसिसी टी–२० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाललाई कठिन, बाँकी टिमको नतिजामा भर पर्ने, नेपालले बुधबार थाइल्याडसँग खेल्ने।
५) र, कोरोना भाइरसबाट अमेरिकामा थप ४ को मृत्यु, भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुग्यो, इरानबाट क्यानडा पुगेका यात्रुलाई अलग बस्न क्यानडा सरकारको आग्रह।