काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) राष्ट्रिय सभामा वामदेव गौतमको विकल्प नखोज्ने नेकपा ओलीइतर समूहको निस्कर्ष, खतिवडालाई राष्ट्रिय सभामा निरन्तरता दिने विकल्पमाथि दाहालको असहमति, ६ महिना अर्थमन्त्री भने स्वीकार गर्ने ।
२) दुई वर्षे कार्यकालमा २८४ विघा जग्गा सरकारको नाममा ल्याएको भूमि व्यवस्थामन्त्रीको दाबी, १० हजार विघा रोक्का, नेपाल–भारत सीमामा एक हजार ९३ सीमा स्तम्भ निर्माण ।
३) सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन ‘डिल’को अडियो झुटो आरोप भएको गोकुल बाँस्कोटाको दाबी, अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जति मुद्दा दर्ता।
४) एसिसी टि–२० पूर्वी क्षेत्रीय छनोट प्रतियोगिता खेल्न थाइल्याण्डमा रहेको नेपाली क्रिकेट टिम अभ्यासमा व्यस्त, उदघाटनमा आयोजक थाइल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्दा नेपालले मलेसियासँग खेल्ने ।
५) र, विज्ञसमितिको सिफारिसका आधारमा तत्काल एमसिसीमा हस्ताक्षर नगर्ने श्रीलंकाको निर्णय, सम्झौतामा संसोधन भए सकारात्मक, सम्झौतामा पुग्नुअघि नै सचेत।
पूरा समाचार भिडियोमा