• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत १८, २०८२ Wed, Apr 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एक महिना नपुग्दै इटहरीका मेयरले ३ पटक माफी मागे, सांसद भन्छन्- 'डामेर छाडिएको साँढे'

64x64
नेपाल लाइभ शनिबार, असार ७, २०७६  ०७:४५
1140x725

इटहरी– भनिन्छ, मानिसले गल्ती गर्नु स्वाभाविक हो तर त्यसलाई पटकपटक दोहोर्‍याउनु चाहिँ मुर्खता हो।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी भने बारम्बार गल्ती दोहोर्‍याउँदै आलोचित बनिरहेका छन्। गल्ती गर्दै माफी माग्ने क्रममा उनले एक महिनाभित्रमा ३ पटकसम्म माफी मागिसकेका छन्।

गत जेठ ८ गते प्रश्न सोध्ने क्रममा पत्रकार कृष्णबहाव भट्टराई र विकल रेग्मीमाथि मेयर चौधरीले दुर्व्यवहार गरे। पत्रकार बहावलाई लोपारेको भिडियो त्यसबेला भाइरल बनेको थियो। पत्रकारमाथिको हातपातपछि इटहरी छोडेर उनी बाहिर गएका थिए। उक्त घटनापछि सामाजिक सञ्जालमा मात्र होइन उनको पार्टी नेकपाका नेता/कार्यकर्ताले समेत त्यसको विरोध गरे। पत्रकार महासंघले नै आपत्ति जनाएपछि चौधरीले विज्ञप्ति जारी गरेर माफी मागे। आफूले गल्ती गरेको स्विकार गर्दै उनले प्रेस स्वतन्त्रताप्रति सदैव सम्मान रहेको बताएका थिए।

घटनाको ४ दिनपछि उनले जारी गरेको विज्ञप्ति-

त्यसको दुई हप्ता पनि बित्न नपाउँदै अर्का पत्रकार विराट अनुपममाथि खनिए मेयर चौधरी। उनलाई त नाकको हड्डी भाँचिदिने र त्यसका लागि एक करोड र घडेरी नै छुट्याएको भन्दै धम्की दिए। 'आफ्नो ज्यानको सुरक्षा गर, सुपारी दिएर मान्छे परिचालन गरिसकेको छु' भन्ने धम्कीलाई लिएर पुन: चौधरीको विरोध भयो। त्यसबेला उनी काठमाडौंमा थिए। विभिन्न अनलाइन र टिभीमा अन्तर्वार्ता दिएका उनले पत्रकार अनुपमको नामै किटेर कालोमोसो दलेर घुमाउने धम्की पनि दिए।

केही दिनपछि इटहरी फर्किएका उनले धम्की दिएको ठिक ५ दिनपछि आफूले गलत मनसायले नभनेको भन्दै पुन: गल्ती स्वीकार गर्दै विज्ञप्ति जारी गरे। सो विज्ञप्तिमा पनि उनले पत्ररकार जगतको सहयोगबिना इटहरीको विकास असम्भव हुने दोहोर्‍याएका छन्। आफू सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनको भनाइ थियो।

nimb
nimb
Ncell 2
Ncell 2

एउटा जिम्मेवार जनप्रतिनिधि जस्तो व्यक्तिले सार्वजनिक रुपमै माफी मागिसकेपछि बाहिरबाट हेर्दा घटना मत्थर हुँदै थियो। तर चौधरीको अराजक व्यवहार र दम्भ रोकिने छाँट देखिएन। बारम्बार पत्रकारहरुप्रति नकारात्मक टिप्पणी गर्नमै व्यस्त रहे। भ्रष्टाचारविरुद्ध कदम चालेको भन्दै इटहरीमा उनको 'जयजयकार' भयो। कतिसम्म भने केही व्यक्तिले उनलाई नागरिक अभिनन्दन गर्ने निर्णय गरे। असार २ गते मेयर चौधरीको नागरिक अभिनन्दन पनि भयो।

सोही दिन इटहरी १६ लविपुरस्थित एक होटलमा स्कुल ड्रेसमै १४ वर्षीया बालिका यौनकर्मीको रुपमा भेटिइन्। स्थानीयले प्रहरीलाई खबर गरी बालिकालाई जिम्मा लगाइदिए। 

त्यसको दुई दिनपछि असार ४ गते १६ र १७ नम्बर वडा कार्यालयले सामाजिक विकृतिविरुद्ध कार्यक्रम आयोजना गरेको थियो, प्रमुख अतिथि थिए उनै चौधरी। निर्धारित समयभन्दा केही ढिला आएका उनी सुरुदेखि नै हतारको भावमा देखिन्थे।

जब उनले भाषण सुरु गरे, महिलालाई अपमान हुने शब्द 'र..*..डी' बारम्बार प्रयोग गरिरहे। कार्यक्रमको उद्देश्य विकृतिविरुद्ध भए पनि उनले विकृतिलाई प्रोत्साहित गर्ने खालको भाषण गरेको कार्यक्रममा उपस्थित सहभागी बताउँछन्।

उनले एउटै शब्द ३० पटकसम्म भनिरहे र अन्त्यमा पनि सोही शब्दावलीबाट सम्बोधनको विसर्जन गरे। 

कार्यक्रमबाट बाहिरिने क्रममा केही महिलामाझ उनले सोही शब्द उचारण गर्दै महिलाहरुको अपमान गरेका थिए।

उनी भाषण सकेर घर नपुग्दै उनको उक्त भिडियो भाइरल भयो। भ्रष्टाचारविरोधी कहलिएका मेयरको आलोचना सुरु भयो। इटहरी उपमहानगरपालिकाको महिला सञ्जालले एक विज्ञप्ति नै जारी गरी मेयर चौधरीको अभिव्यक्तिले सम्पूर्ण महिलाको शिर ठाडो नहुने अवस्था सिर्जना भएको बतायो। उक्त अभिव्यक्तिले महिलाहरुको अस्मितामा नै आँच आएको सञ्जालको ठहर थियो।

सर्वत्र अलोचना बढ्दै गएपछि असार ६ गते चौधरीले विज्ञप्ति निकाल्दै माफी मागे। असार ४ गतेको कार्यक्रममा आफूले  बोलेको केही शब्द आपत्तिजनक रहेकाले देशविदेशमा भएका महिलाहरुमा चोट पुग्न गएको भन्दै उनले क्षमायाचना गरेका छन्। आफ्नो मनसाय गलत नभए पनि  शब्द गलत भएको उनले स्वीकार गरेका छन्। 

प्रदेश १ की नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले भने पहिले पत्रकारमाथि गुण्डागर्दीमा उत्रिने मेयरलाई पार्टीले बेवास्ता गरेकाले नै यस्तो घटना भएको बताएकी छन्। प्रदेश १ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले मेयरको अभिव्यक्तिले सम्पूर्ण महिलाहरुको चरित्र हत्या भएको बताइन्। 'एउटै शब्द २९ चोटि दोहोर्‍याउनुभएको छ। त्यो शब्द म उच्चारण गर्न सक्दिनँ,' उनले भनिन्, 'नेकपाले डामेर छाडेको साँढेको रुपमा मेयरलाई हामीले देखिसकेका छौं।'

यो पनि-

  • इटहरीका मेयरको अभिव्यक्तिप्रति सर्वत्र आलोचना
  • पत्रकारलाई इटहरीका मेयरको धम्की– तेरो नाकको हड्डी भाँच्न बाँकी छ [अडियो] 
  • ढोका थुनेर मेयरले कुटे कर्मचारी, भ्रष्टलाई ठेगान लगाउन कुटेको हुँ : मेयर
  • इटहरीका मेयरले किन कुटे कर्मचारी, किन झपारे पत्रकार? [भिडियो]
  • कर्मचारी कुटेका इटहरीका मेयरद्वारा पत्रकारमाथि दुर्व्यवहार

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इनिशा विक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश मंगलबार, चैत १७, २०८२
हाजिरी जमानीमा छुटे पूर्वसिडिओ छवि रिजाल मंगलबार, चैत १७, २०८२
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन मंगलबार, चैत १७, २०८२
छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय मंगलबार, चैत १७, २०८२
प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं मंगलबार, चैत १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
ओलीको निवेदनमा कारण देखाउ आदेश, रिहा गर्न अस्वीकार सोमबार, चैत १६, २०८२
एमालेद्वारा थप आन्दोलन घोषणा, यस्तो छ वैशाख १२ सम्मको कार्यक्रम मंगलबार, चैत १७, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्