• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कर्णालीको बदल्नुपर्ने विम्ब

64x64
नेपाल लाइभ बुधबार, पुस १२, २०७४  ०७:१४
1140x725

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार प्रदेश नम्बर ६ का सबैभन्दा धेरै नागरिक गरीब रहेको देखाइएको छ। उक्त तथ्यांक अनुसार यहाँका ५१ दशमलब २२ प्रतिशत नागरिक गरीबीको रेखामुनि छन्। 

यही सन्दर्भमा यसै साता काठमाडौंको एक जना साथीसँग कर्णालीबारे फेसबुकमार्फत कुराकानी भइरहँदा उसको बुझाइमा कर्णालीको जुन विम्ब झल्किन्थ्यो, त्यसले मलाई सोचमग्न बनायो। उसको बुझाइमा कर्णालीको विम्ब अत्यन्तै कमजोर, समस्याग्रस्त, अक्षम र परनिर्भर थियो। सुर्खेतबाट गएर काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्दै गरेको उक्त साथीको बुझाइले मलाई यो लेख लेख्न प्रेरित गरेको हो। 

पहिले शहरलाई चामल बेच्ने कर्णाली अहिले शहरको चामल आयात गरेर खान्छ। शहरले चामल नपठाए ऊ भोकै पर्छ, भोकमरी फैलिन्छ। यो विडम्बनापूर्ण अवस्था हो। यही अवस्था पढेर, देखेर र बुझेर हुर्किएको मेरो साथीको कर्णालीबारेको बुझाइप्रति मेरो आपत्ति पनि होइन। उसले जस्तै अधिकांशले कर्णालीलाई यसरी नै बुझेका छन्। तर यो लेखको आशय हो, उक्त बुझाइलाई मेरो साथी र उसले जस्तै गरी बुझेका सबैले बदल्नु जरुरी छ। त्योभन्दा बढी जरुरी छ, उनीहरुको बुझाइ बदल्नेगरी हामीले कर्णालीलाई बदल्नु, उसको गुमेको वैभव फिर्ता ल्याउनु र विगतको आत्मनिर्भरतालाई पुनः ब्यूँझाउनु। 

कर्णाली खाद्यान्नमा आत्मनिर्भर थियो कुनैबेला, यो सत्य हो। जुम्लाका ७१ वर्षीय पदम रोकायाले केही समयअघि सुर्खेतमै भएको भेटका क्रममा भन्थे, ‘कर्णालीमा एकै घरमा एक सयभन्दा बढी त भेडा पालिएका हुन्थे।’ भेडा बहुउपयोगी प्राणी हो। जसलाई मासुका लागि प्रयोग गर्न सकिन्छ। त्यसको ऊन बिक्री हुन्छ। ऊनबाट बनेका कपडाको माग जताततै छ। भारी बोक्नका लागि पनि यसको उपयोग गर्न सकिन्छ। शहरहरुमा मासुकै लागि पनि भेडाको माग बढ्दो छ। तर, भेडा पालनका लागि पकेट क्षेत्रको रुपमा रहेको कुनैबेलाको कर्णालीमा अहिले भेडा पाल्ने पेशा नै विस्थापित हुँदै गएको छ। 

महँगो मूल्यमा बिक्री हुने र स्वास्थ्यका लागि अति नै फाइदाजनक मार्सी धान कर्णालीकै उत्पादन हो। तर, यो धान नै लोप हुने अवस्थामा पुगेको छ। शहरबाट आयातीत चामलले मार्सी धानलाई विस्थापित गर्दै लगेको छ भने कर्णालीवासीलाई परनिर्भर बनाउँदै लगेको छ। यो चामलको उत्पादनसँगै उपयोग भने दिनप्रतिदिन घट्दो छ। सिमी, फापर, कोदो, भटमास लगायतका अति महत्वपूर्ण खाद्य उत्पादनमा कर्णाली अग्रस्थानमा थियो। तर, अब यस्ता खाद्य उत्पादन अति नै न्यून भइसकेको छ। तेल उत्पादनमा आत्मनिर्भर मात्र होइन, निर्यातमा पनि अगाडि थियो, कर्णाली। घरघरै तोरी, आरु, फर्सी, ओखर लगायतबाट तेल उत्पादन गरी सुर्खेत, नेपालगन्ज, धनगढी लगायतका शहरमा बेच्न लगिन्थ्यो। अहिले बजारबाट तेल नकिनी कर्णालीमा तरकारी पाक्दैन।

आम्दानीको स्रोत एक होइन, अनेक थिए। भेडा, च्यांग्रा बेचिन्थे, पैसा आउँथ्यो। भेडाको ऊनबाट बनेका राडीपाखी पनि उस्तै बिक्री हुन्थ्यो, पैसा नै आउँथ्यो। दाल, तेल, घ्यू, मह, मार्सी धानको चामल लगायत बेच्नलाई अनेक थोक थिए, जसबाट मस्त आयआर्जन गर्न सकिन्थ्यो।

कर्णालीले आफ्नो वैभव भुल्यो। उत्पादनलाई बिर्सेर आयातीतमा बानी बसाल्यो। सरकारले अनुदानका नाममा दिने चामलमा रमाएर आफ्नै खेतमा उत्पादन हुने मार्सी चामल भुल्यो। कर्णालीबाट भेडा र खच्चरमा बोकाएर सुर्खेत तथा नेपालगन्ज ल्याएर त्यहाँबाट काठमाडौं पुर्‍याइने मार्सी चामलको इतिहास एकादेशको कथा बन्यो, अहिले त सुर्खेत र नेपालगन्जबाट हेलिकोप्टरमा चामल बोकेर कर्णालीमा बाँडिन थालियो।

कर्णालीमा फालाफाल हुने चिजवस्तुहरु अन्य शहरी क्षेत्रमा टिपाटिप हुन्थ्यो। माग पूरा गर्नै हम्मेहम्मे थियो। सिमी, बोडी, गहत, कोदो, जौं, आलु, मकै, भटमास, स्याउ, सुन्तला सबै बिक्री हुन्थ्यो। शहरहरुमा कर्णालीबाट आएका सामानको छुट्टै सान थियो। लुछाचुँडी नै हुन्थ्यो। तर, अहिले कर्णालीको यो विगत सुन्दा एकादेशको कथा सुनेजस्तै लाग्छ।

Ncell 2
Ncell 2
nimb
nimb

बूढापाकाहरु भन्छन्, ‘आम्दानीको तुलनामा खर्च कम थियो।’ अलिक धेरै आम्दानी गर्नेहरुले त्यतिबेलै सुर्खेत, नेपालगन्ज, धनगढी, टीकापुर, कोहलपुर लगायतका शहरी क्षेत्रमा धमाधम बिघाका बिघा जमिन जोडे। सुर्खेतमा अहिले बसोबास गरिरहेकामध्ये करिब ४० प्रतिशत मात्रै यहाँका स्थायी बासिन्दा हुन् भने करिब ६० प्रतिशत दैलेख, जाजरकोटसहित कर्णालीका विभिन्न जिल्लाबाट बसाइँ सरेर आएकाहरु नै हुन्।

समय बित्दै गयो। राजनीतिक परिवर्तनहरु भए। राज्य विभिन्न स्वरुपमा विस्तार हुँदै गयो। क्षेत्र, अञ्चल, जिल्ला छुट्टिए। राज्यले विकास–निर्माणका काम अघि बढायो। कर्णालीको विकासका लागि काठमाडौंमा योजना बनाइए। तर, राज्य (काठमाडौं)ले कर्णालीको वैभवलाई हेरेन, कर्णालीको भूगोललाई मात्रै देख्यो। विकटता मात्रै चिन्यो।

नेताहरुले कर्णालीको विकासको भजन गाए। चुनावी नारा बनाए। सुविधा दिने वचन दिए। विकास र सुविधा भनेको भेडा र खच्चरले भारी बोक्ने ठाउँमा ट्याक्टर र ट्रक पुर्‍याउनु हो भन्ठाने। मार्सी धानको चामल र सिमीको दालको ठाउँमा बजारिया चामल र दाल पुर्‍याउनु बुझे। विशेष सुविधा दिने नाममा उत्पादन र निर्यातलाई विस्थापित नै गर्नेगरी आयातमा जोड दिए। स्थानीय उत्पादनलाई बेवास्ता गरे। त्यसपछि कर्णालीको आयश्रोत ओरालो लाग्यो। कर्णालीले आफ्नो वैभव भुल्यो। उत्पादनलाई बिर्सेर आयातीतमा बानी बसाल्यो। सरकारले अनुदानका नाममा दिने चामलमा रमाएर आफ्नै खेतमा उत्पादन हुने मार्सी चामल भुल्यो। कर्णालीबाट भेडा र खच्चरमा बोकाएर सुर्खेत तथा नेपालगन्ज ल्याएर त्यहाँबाट काठमाडौं पुर्‍याइने मार्सी चामलको इतिहास एकादेशको कथा बन्यो, अहिले त सुर्खेत र नेपालगन्जबाट हेलिकोप्टरमा चामल बोकेर कर्णालीमा बाँडिन थालियो।  भेडा, बाख्रा र च्यांग्रा पाल्न छोडियो। शनैः शनैः कर्णाली परनिर्भरतातर्फ अघि बढ्यो। 

स्थानीय उत्पादनलाई संरक्षण गर्ने, त्यसलाई निर्यात गर्ने र त्यसैबाट अर्थोपार्जन गरी नागरिकको जीवनस्तर सुधार्नेतर्फ न स्थानीय नेतृत्वले ध्यान दियो, न काठमाडौंले ख्याल गर्योस। अन्ततः कर्णाली यस्तो विम्ब बन्यो, जसलाई परिचय दिन भोकमरी, अभाव, अशिक्षा, गरिबी लगायतका समस्या नै समस्याको विशेषण लगाउनु अनिवार्य जस्तै बन्यो। कर्णालीले आफ्नो वैभव र गौरव गुमाउँदै गयो। पहिलेको कर्णाली र अहिलेको कर्णालीबीच निकै ठूलो खाडल बनिदियो। अहिलेको आम मान्छेहरुको बुझाइमा यही खाडलले भूमिका खेलेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अब के गर्ने ?

लेखिरहन परोइन, विभिन्न निकायबाट सहुलियतको नाममा बाँडिने चामल कर्णालीलाई परनिर्भरतातर्फ धकेल्न उद्यत छ। भोकमरी परेको खण्डमा वा कुनै विपदको समयमा चामल बाँड्ने कुरालाई राहतको रुपमा लिन सकिन्छ। तर, स्थानीय उत्पादनलाई नै विस्थापित गर्नेगरी बाँडिने चामलले कर्णालीको हितभन्दा बढी अहित गरेको तथ्यतर्फ गम्भीर हुनैपर्छ।

कर्णालीलाई समृद्ध बनाउन बाहिरबाट चामल लगेर सहुलियतमा बाँडेर होइन, त्यहीँको स्थानीय खाद्य उत्पादनलाई संरक्षण गर्दै त्यसलाई व्यावसायिक बनाउने र बजारीकरणमा विशेष योजना बनाएर कार्यान्व्यन गर्नुपर्छ। कर्णालीको अर्थतन्त्रलाई आत्मनिर्भर र त्यहाँका नागरिकको जीवनस्तरलाई सुधार्न कर्णालीको माटो र हावापानी सुहाउँदा उत्पादनहरुमा नै जोड दिनुपर्छ। अब बन्ने प्रदेश सरकारले कर्णालीको सम्बोधनका लागि यस सम्बन्धी विशेष योजना बनाएर कार्यान्वयन गर्नु अपरिहार्य छ।

मार्सी धानको उत्पादन, भेडा–च्यांग्रा पालन, ऊनजन्य वस्तुहरुको उत्पादन र बजारीकरण, स्थान अनुसार सिमी, बोडी, गहत, फापर, कोदो, भटमास, केरा, स्याउ र सुन्तला जस्ता वस्तुहरुको उत्पादनमा जोड दिने खालका कार्यक्रम तयार गरी लागू गर्नुपर्छ। अब आयातीत चामलको भर पर्ने होइन, स्थानीय रुपमा उत्पादन हुने मार्सी धानको चामल नै स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कुराको बोध गराउनुपर्छ।

खाद्यान्न भनेको तराईमा उत्पादन हुने चामल मात्र होइन, हिमाल र पहाडमा उत्पादन हुने कोदो, फापर, आलु, भटमास लगायत पनि हुन् भन्ने बोध कर्णालीका आम नागरिकलाई गराउनुपर्छ। आफू आत्मनिर्भर नभए अरुबाट हेपिनु र शोसित हुनुपर्छ भन्ने कुरा अब कर्णालीलाई सम्झाइरहनु नपर्ला। कर्णालीलाई आयात गर्ने होइन, निर्यात गर्न सक्षम क्षेत्रको रुपमा विकास गर्न अब बन्ने प्रदेश सरकार गम्भीर बन्नुपर्छ।

कर्णालीका लागि चामलमा दिइने अनुदानलाई अब स्थानीय उत्पादनमा लगानीका लागि दिनु उपयुक्त हुन्छ। अन्न उत्पादन, पशुपालन, जडिबुटी र फलफूलका माध्यमबाट मात्रै पनि कर्णालीको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ। सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, सञ्चार लगायतका पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै खाद्यान्नमा आत्मनिर्भर बनाउन सकियो भने मात्रै विगतमा पछि परेको कर्णाली समृद्ध बन्नेछ। तब मात्रै समस्या नै समस्याले ग्रस्त कर्णालीको अहिलेको विम्ब विस्थापित भई सुन्दर, आत्मनिर्भर र समृद्ध कर्णालीको आधुनिक विम्बमार्फत भावी पुस्ताले कर्णालीलाई चिन्न पाउनेछ।

तस्बिर : रमेश विक्रम हमाल

प्रकाशित मिति: बुधबार, पुस १२, २०७४  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्