• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मैना सुनार प्रकरण : मुद्दा नचलाउने सरकारी वकिलको निर्णय उच्च अदालतले मगायो 

64x64
नेपाल लाइभ मंगलबार, पुस ११, २०७४  १८:०४
1140x725

काठमाडौं– माओवादी द्वन्द्वकालमा नेपाली सेनाबाट बलात्कारपछि हत्या गरिएकी मैना सुनार प्रकरणमा उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन नगर्ने भनी सरकारी वकिलको कार्यालयले गरेको निर्णयको सक्कल फाइल मगाएको छ।

उच्च अदालतका न्यायाधीशद्वय भीमकुमार ओझा र शान्तिसिंह थापाको इजलासले १४ असारमा महान्यायाधिवक्ताको कार्यालयले प्रतिवादीमध्येका एक निरञ्जन बस्नेतका सम्बन्धमा भएको निर्णयको सक्कल पेश गर्न भनेको हो। 

यसअघि दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा पनि सरकारी वकिलको कार्यालयले हस्तक्षेप गर्दै मुद्दा नचलाउन पत्र पठाएको थियो। तर, त्यसमा सर्वोच्च अदालतले हस्तक्षेप गर्दै मुद्दा चलाउन रोक्न नसक्ने फैसला सुनाएको थियो।

सुनारलाई द्वन्द्वकालमा माओवादी भएको आशंकामा काभ्रेको खरेलथोकको घरबाट पक्राउ गर्दै बेपत्ता पारिएको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै जिल्ला अदालत काभ्रेले तीन सैनिकलाई जन्मकैदको फैसला सुनाएको थियो। अवकाशप्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई गत बैशाखमा २० वर्ष कैद सजायको फैसला सुनाइएको थियो। तर, मुद्दा नबुझेका आरोपितहरु अझैसम्म पक्राउ परेका छैनन्।

जिल्ला अदालतले पटक–पटक मुद्दामा सहभागी हुन आदेश गर्दा अवज्ञा गर्दै आएपछि एकपक्षीय रुपमा फैसला सुनाएको थियो।

फैसलापछि महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालीन मुद्दामा नियमित प्रक्रियाबाट नभई सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले अनुसन्धान गर्नुपर्ने भन्दै पुनरावेदन नगर्ने निर्णय गरेका थिए।

उक्त निर्णयको बारेमा जानकारी माग्दा समेत नपाएपछि सुनारकी आमा देवी सुनारले उच्च अदालत पाटनमा रिट हालेकी थिइन्। २७ साउन ०७४ मा दर्ता भएको रिटमा अदालतले ३१ साउनमा पुनरावेदन रोक्नुको कारण माग गरेको थियो। 

कारण देखाऊ आदेश भएको पाँच महिनासम्म निर्णय उपलब्ध नभएपछि उच्च अदालतले मंसिर २७ गते निर्णयको सक्कल फाइल पठाउन आदेश गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

खरेलथोककी १५ वर्षीया किशोरी सुनारलाई पक्राउ गरी सैनिक ब्यारेकमा लगेर बलात्कारपछि हत्या गरिएको थियो।

अपहरणमा मुख्य रुपमा तत्कालीन सैनिक अधिकृत निरञ्जन बस्नेतलाई जिम्मेवार मानिए पनि जिल्ला अदालत काभ्रेले उनलाई भने सफाइ दिने फैसला सुनाएको थियो। उक्त निर्णय विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गर्न लागेपछि महान्यायाधिवक्ता श्रेष्ठले रोक्ने निर्णय गरेका थिए।

कसरी भएको थियो मैनाको हत्या

मैनालाई ५ फागुन ०६० मा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका सैनिकले घरमै गएर पक्राउ गरेका थिए। उनलाई तत्कालीन सहसेनानी निरञ्जन बस्नेतले चलाएको गाडीमा राखेर सैनिक तालिम केन्द्रमा लगिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मैना हत्याको अभियोग लागेका चार जनामध्ये बस्नेत मात्र सेनामै कार्यरत छन्। अन्यले अवकाश पाइसकेका छन्। बहालवाला अधिकृतलाई जोगाउन सेनाले सरकार विरुद्ध सर्वोच्चमा रिट समेत हालेको थियो। नेपाली सेनाको तर्फबाट अख्तियारप्राप्त सेनाको प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मिना कटवाललाई वारेस राख्दै १६ भदौ ०६४ मा रिट दायर गरेका थिए। सरकारी अंग भए पनि सेनाले सरकार विरुद्ध मुद्दा हालेको न्यायिक इतिहासमा त्यही पहिलो घटना हो।

सेनाले पक्राउ गरेर बेपत्ता पारेपछि मैनाकी आमा देवी र बाबु पूर्णबहादुरले विभिन्न निकायमा निवेदन दिएका थिए। त्यसपछि सेनाले ५ बैशाख ०६१ मा मैनाका परिवारलाई उनको मृत्युको खबर दिएको थियो।

मैनाकी आमाले २१ मंसिर ०६२ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा घटनामा संलग्न चारै जना विरुद्ध जाहेरी दिएकी थिइन्। द्वन्द्वका समयमा सेना विरुद्धको उजुरी प्रहरीले दर्ता नगरेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन्।

सर्वोच्चले जाहेरी दर्ता गरी मुद्दा अघि बढाउनू भनी आदेश गरे अनुसार जिल्ला अदालत काभ्रेले अभियुक्त तीन जनालाई आजन्म कैदको फैसला सुनाएको थियो।
 

प्रकाशित मिति: मंगलबार, पुस ११, २०७४  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्