• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारी सर्वेक्षण नै भन्छ– काठमाडौंका सरकारी कार्यालयमा सेवाग्राहीबाट घुस लिइँदैन

64x64
नेपाल लाइभ मंगलबार, पुस ११, २०७४  १७:५५
1140x725

काठमाडौं- सरकारले गरेको ‘सेवाग्राही सन्तुष्टि सर्वेक्षण प्रतिवेदन’ले काठमाडौंका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरुले आर्थिक लाभ गरेको दाबीलाई अस्वीकार गरेको छ।

प्रतिवेदनमा अहिलेको समस्या संरचनासँग भन्दा पनि संस्कारसँग बढी सम्बन्धित भएको हुदाँ प्रत्येक जिम्मेवार व्यक्ति वा पदाधिकारीले आफ्नो संस्कार सुधार गर्नमा ध्यान दिनुपर्ने भनिएको छ। मालपोत कार्यालय, कम्पनी रजिष्ट्रार कार्यालय र यातायात व्यवस्था कार्यालयमा बिचौलिया हाबी भएको स्वीकार गरे पनि प्रतिवेदनले घुस लेनदेनको कुरालाई सुझाव र निष्कर्षमा राखेको छैन।

सर्वसाधरणले मातपोत, यातायात व्यवस्था, वैदेशिक रोजगार विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयमा सर्वसाधरणले घुस नदिएसम्म काम नहुने गुनासो सर्वेक्षणका क्रममा बताएको भने प्रतिवेदनमा उल्लेख छ। तर त्यसलाई अर्थपूर्ण रुपमा सुझाव र निष्कर्ष खण्डमा प्रतिवेदनमा उल्लेख गरिएको छैन। सर्वेक्षणमा घुस लिनेदिने विषयलाई नै अस्वीकार गरिएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे र अन्य दुई कर्मचारी म्यानवारसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परी विशेष अदालतबाट पुस ६ गते मात्र धरौटीमा रिहा भएका थिए (पढ्नुस् समाचार- वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे १० लाख धरौटीमा छुटे) । यातायात व्यवस्था कार्यालय र कम्पनी रजिष्ट्राको कार्यालयमा अख्तियारले पटक पटक छापा मार्दै आएको छ। 

सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७२-०७३ मा गरेको अध्ययनमा सरकारी कार्यालयमा पुग्ने अधिकांश सेवाग्राही औसत सन्तुष्ट भएर फर्कने गरेको दाबी गरिएको छ। सेवाग्राही सन्तुष्टि सर्वेक्षण निर्देशिका २०६८ लाई आधार मानेर मन्त्रालयले उक्त सर्वेक्षण गरेको हो।

सर्वसाधारणको अधिक भिड हुने उपत्यकामा कार्यालयहरुले टोकन प्रणाली र बिल सिस्टम लागू गरेको तर उक्त कार्य प्रभावकारी हुन नसकेको कुरा भने प्रतिवेदनमा स्वीकार गरिएको छ।

सरकारका नवनियुक्त उपसचिवको टोलीले उपत्यकाभित्रका तीन वटै जिल्लाका सेवाग्राहीहरुको बढी सम्पर्क रहने कार्यालयहरुमा सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गरेको थियो। उपत्यकाबाहिर दाङ र स्याङ्जामा भने सार्वजनिक सुनुवाइमार्फत सर्वसाधारणको राय लिइएको थियो। 

यस क्रममा उपत्यकाका २० वटा सरकारी कार्यालयमा पुगेर सेवाग्राही सन्तुष्टि सर्वेक्षण गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मालपोत कार्यालयहरु कलंकी, डिल्लीबजार, चाबहिल, ललितपुर, भक्तपुर, यातायात व्यवस्था कार्यालय ललितपुर, करदाता सेवा कार्यालय कलंकी, न्युरोड र नयाँ बानेश्वरमा अध्ययन गरिएको थियो। त्यस्तै, जिल्ला विकास समितिको कार्यालय, वैदेशिक रोजगार विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, वीर अस्पताल, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सर्वेक्षणमा समेटिएका थिए।

तीन वटा जिल्लाका २१७ सहभागी मध्ये ५ जनाले सरकारी कार्यालयको सेवा प्रवाह उत्कृष्ट रहेको, ७५ जनाले अति उत्कृष्ट, १२० जनाले ठिकै, १४ जनाले नराम्रो र ३ जनाले थाहा नभएको बताएका थिए।

जिल्ला प्रशासन कार्यालयहरुमा कार्यबोझ रहेको तर जनशक्ति अत्यन्त कम भएको, सोधपुछ कक्षमा कर्मचारी नै नहुने, सूचना प्रवाह नहुने, फाँटहरु क्रमबद्ध नहुँदा सेवाग्राही अलमलमा रहेको सर्वेक्षणमा उल्लेख छ।

यस्ता छन् समस्या

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता नवीकरण र अद्यावधिमा महँगो शुल्क लाग्ने, अनलाइन सिस्टम भनिए पनि त्यसको प्रयोग नभई फाइलमै काम हुने, शाखा कार्यालयहरु नभएको र विद्युत्त र इन्टरनेटको समस्या रहेको उल्लेख छ।

वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगार विभागमा कार्यालय परिसरमा दलाली प्रणाली व्याप्त रहेको, कार्यालयको लोकेसन नमिलेको र सेवाग्राहीको लागि प्रतीक्षालयसमेत नभएको उल्लेख छ।

यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीका लागि खानेपानी, शौचालय, प्रतीक्षालय र पार्किङको व्यवस्था नभएको, कार्यालयमा नगद बुझ्न बैंक काउन्टर प्रभावकारी नभएको सेवाग्राहीले बताएका थिए। बिचौलियाहरुको प्रवेश निषेध हुन नसकेको, टोकन प्रणाली लागू गर्न नसकेको र सहायता कक्षसमेत नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

मालपोत कार्यालय
मालपोत कार्यालयहरुले सरकारलाई तिरेको राजस्वको रसिद सेवाग्राहीलाई उपलब्ध गराउने नगरेको, सिसिटिभीको उचित व्यवस्था हुन नसकेको र प्रतीक्षालयमा  सञ्चारको माध्यम नभएको, लेखापढी व्यवसायीले मनलाग्दी रुपमा रकम उठाउने गुनासो सेवाग्राहीले गरेका थिए। कार्यालयको आचारसंहितासमेत निर्माण हुनुपर्ने, सेवा दिने विषयको जानकारी भएको कर्मचारीसहितको सहायता कक्षाको व्यवस्था नभएको, मालपोत र नापी कार्यालय अलगअलग हुँदा समस्या भएको प्रतिवेदनमा उल्लेख छ।

नगरपालिकाहरु
बिचौलियाहरुको प्रवेशमा रोक लगाउनुपर्ने, सेवाग्राहीलाई खानेपानी र पार्किङको व्यवस्था नभएको, डिजिटल नक्सापास हुने भनिए पनि त्यसको प्रभावकारी नभएको र शौचायलको उचित व्यवस्था नभएको सर्वेक्षणका क्रममा पाइएको छ।

अधिकांश सरकारी कार्यालयहरुले सार्वजनिक सूचना र सूचनको हक सम्बन्धी ऐन अनुसार आफ्ना सूचना सार्वजनिक गर्ने नगरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ। सर्वेक्षणको निष्कर्षमा अतिरिक्त शुल्क लिएर सेवा चाँडो लिन पाउने, संकट परेकालाई सेवाशुल्क छुट दिने र सहुलियत कार्ड लागू गर्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ११, २०७४  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्