प्योङयाङ– चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्वल भविश्यका लागि सहकार्य गर्ने सहमति भएको छ।
अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच बिहीबार सहमति भएको हो।
उनीहरूबीचको यो भेटवार्ता र सहमतिलाई ऐतिहासिक विन्दुका रूपमा पनि व्याख्या गरिएको छ। चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछि यस प्रकारको भ्रमण भएको हो।
उत्तर कोरियाको औपचारिक भ्रमणको लागि यहाँ आएका चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका चीनका राष्ट्रपति सी र उत्तर कोरियाली नेताबीच भएको भेटवार्तामा यस्तो सहमति भएको हो।
दुई देशको मात्रै नभई क्षेत्रीय र विश्वव्यापी हितका लागि पनि आफूहरूले सँगसगै काम गर्न चाहेको सीले बताएका छन्।
चीन र उत्तर कोरियाको सम्बन्ध र सहकार्यलाई अन्तर्राष्ट्रियस्तरबाट रणनीतिक महत्वका साथ हेर्ने गरिएको छ।
चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा आएका हुन्।
चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ उनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउनेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।