काठमाडौं। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मंगलबार दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
देशका बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा पनि सामान्यतया बादल लागेको छ भने बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ।
तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
मंगलबार राति देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।