काठमाडौं। पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन दुईतर्फी सञ्चालनमा आएको छ।
धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा राति सुरु गरिएको भित्तो कटानको काम बिहान ६ बजे सकिएपछि सवारीसाधनको आवागमन दुईतर्फी सञ्चालनमा आएको हो।
गलौंदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण भासिएको सडकमा थप मर्मतसम्भार गर्न जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द गरेको थियो।
यसअघि पनि सडक मर्मत गरेर दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो। थप मर्मतसम्भार गर्नुपर्ने भएकाले पुनः अस्थायी रूपमा आवागमन रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।