काठमाडौं- काठमाडौंको मैतीदेवीस्थित सेतोपुलमा आज बिहानै सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस ट्रान्समिटर जडान गरेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।
बिहान सवा ३ बजे पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउँदै गरेको सो सब पोलमा ठोक्किएर पल्टिएको थियो।
दुर्घटनामा घाइते ८ जनाको नर्भिक अस्पताल थापाथलीमा भइरहेको छ भने ९ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। ती मध्ये ४ जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरु कालिमाटीबाट तरकारी लिएर जाँदै थिए। घटनापछि चालक भने फरार रहेको अनामनगर प्रहरी वृत्तका डिएसपी अपिल बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।