काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको नेकपाले आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको गोली प्रहार गरी हत्या गरेको आरोप लगाएको छ।
बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै सो पार्टीले सर्लाहीको लालबन्दी वडा नम्बर १ लखन्ती खोलामा साथी कुरेको अवस्थामा नियन्त्रणमा लिएर एक गोली हातमा र एक गोली टाउकोमा प्रहार गरेको जानकारी दिएको छ।
यसअघि प्रहरीले भने दोहोरो भिडन्त भएको र जवाफी कारबाही गर्दा पौडेलको मृत्यु भएको जनाएको थियो।

विप्लव नेतृत्वको नेकपाका जनकपर ब्युरो इन्चार्ज अरुणद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, 'केपी-पिके सामाजिक दलाल सरकारले… कायरतापूर्वक हत्या गरेको छ। नेपाल कम्युनिस्ट पार्टी गैरन्यायिक हत्याको विरोध र भर्त्सना गर्दछ।'
सरकार राज्यआतंक र हत्यामा उत्रिएको समेत सो पार्टीको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।