काठमाडौं– सर्लाहीको लालबन्दीमा नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्तामाथि प्रहरीले गरेको कारबाहीमा एक जनाको मृत्यु भएको छ।
लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार उक्त घटना भएको हो। सो क्रममा विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका छन्।
सुरुमा प्रहरीलाई आक्रमण गरेकाले जवाफी कारबाही भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्व पोखरेलले बताए।
दुईवटा मोटरसाइकलमा चार जना आएकोमा एक जनाको मृत्यु भएको र तीन जना फरार भएका छन्। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।