• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आफ्नो जग्गा बाँझो छोडी बटिया गरेर जीविका, जनप्रतिनिधि भन्छन्- खेती गर भन्ने अवस्था छैन

थाल ठटाएर र सामूहिक होहल्ला गरेर जनावर धपाउनु दैनिकी
64x64
नेपाल लाइभ बिहीबार, असार ५, २०७६  १५:१४
1140x725

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका–६, जमुवाका ५५ वर्षीय देवप्रसाद चौधरी केही वर्षदेखि अरुको खेत बटिया (अधियाँ)मा कमाएका छन्। परिवार पाल्नका लागि उनीसँग यसबाहेक अन्य कुनै विकल्प छैन। यस वर्ष पनि उनले बटिया गरेर उब्जाएको अन्नले परिवारको गुजारा चलाए। तर, उनको आफ्नै १२ कठ्ठा खेत भने ५ वर्षदेखि बाँझो छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष नजिकै ‘मयुरानी खाता’ भन्ने स्थानमा देवप्रसादसहित उनका ३ दाजुभाइको जग्गा छ। तर, आरक्षका हात्ती, अर्ना, बँदेल, दुम्सीलगायतका जंगली जनावरका कारण ५ वर्षदेखि उनीहरुको जग्गामा बाली लागेको छैन। ‘प्रतिकठ्ठा ३ मनसम्म धान फल्थ्यो,’ देवप्रसादले आफ्नो व्यथा सुनाए, ‘तर, अन्नको गेडो पनि ल्याउन नपाएपछि ५/६ वर्षदेखि बाली लगाउन छोड्यौं।’

लगातार दुई वर्षसम्म अन्न भित्र्याउन नपाएपछि आफ्नो खेत छोडेर अरुको खेत बटिया गर्न थालेको उनको भनाइ छ। ‘जंगली जनावर रुँघेर पनि नसकिने अवस्था आयो,’ उनले थपे, ‘हात्ती, अर्नालगायतका जंगली जनावर आक्रमक हुन थाले। ज्यानै धरापमा पर्न थालेपछि बाली नलागाउने निर्णयमा पुगेका हौं।’

आरक्षमा छोडिएका छाडा पशुचौपायाका कारण पनि खेती गर्न असम्भव जस्तै भएको उनले दाबी गरे। हजारौंको संख्यामा छोडिएका गाईवस्तुले मध्यवर्ति क्षेत्रमा आएर अन्नबाली नष्ट गर्ने गरेको उनी बताउँछन्। ‘आरक्षमा ठूलाठालुका सयौं गाईगोरु छाडा छोडिएका छन्,’ देवप्रसादले आक्रोशमिश्रित स्वरमा भने, ‘हुलका हुल गाईवस्तु पसेपछि बाली जोगाउँछु भनेर नसोचे पनि हुन्छ।’

मयुरानी खातामा देवप्रसादसहित उमाकान्त चौधरी, सितल चौधरी, लक्ष्मीनारायण चौधरी, महिनारायण चौधरी, जोगिन्दर साहलगायत ३५/४० परिवारको झन्डै १ सय विघा जग्गा बाँझो छ। पिप्रा पूर्वमा पनि १ सय विघाभन्दा बढी जग्गा जंगली जनावरकै कारण बाँझो बसेको उनले जानकारी दिए।

सप्तकोशी नगरपालिकाको कमलपुरका भिमप्रसाद यादव र भिखन यादवले पनि खेतमा बाली लगाउन छोडेको बताए। दुवै जनाको २/२ विघा जग्गा मध्यवर्ति क्षेत्रभित्रै पर्छ। ‘हात्ती र अर्नाले गाउँमै पसेर आक्रमण गर्न थालिसके, खेतको अन्नबालीको त कस्ले हिसाब राख्ने?,’ भिखन भन्छन्, ‘बाली नष्ट गरिहाल्छ, ज्यान पनि जोखिममा पर्छ। क्षतिपूर्ति पनि पाइँदैन, खेती लगाएर मात्रै के गर्नु?’

आफूहरुसहित मध्यवर्ति क्षेत्रभित्रको सयौं विघा जग्गामा सर्वसाधारणले बाली लगाउन छोडेको उनले जनाए।

nimb
nimb
Ncell 2
Ncell 2

समस्या यतिमा मात्रै सीमित छैन। सप्तकोशी र कञ्चनरुपसहित सप्तरीको पूर्वउत्तर क्षेत्रका महदेवा र तिरहुत गाउँपालिका तथा हुनमाननगर कंकालिनी नगरपालिकाको पनि सयौं बिघा जग्गा बाँझो छ। जंगली जनावरको आतंककै कारण सर्वसाधारणले बाली लगाउन छोडेको जनप्रतिनिधिहरु बताउँछन्।

'जनतालाई खेती गर भन्नसक्ने अवस्था छैन'

‘सरकारले जमिन बाँझो नराख्ने नीति अगाडि सारेको छ, तर हाम्रोमा भने अवस्था अप्ठयारो छ,’ सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतम भन्छन्, ‘यहाँको उर्वर भूमिमा जनताले खेती गर्छौं भन्दा गर भन्नसक्ने अवस्था छैन।’

जंगली जनावरको आतङ्कले उर्वर जमिनको उपयोग गर्न नसकिएको उनको भनाइ छ। सप्तकोशी नगरपालिकाको सखुवनी, सिद्धिपुर, कमलपुर, ओद्राहा, बोचही, फत्तेपुर गरी ३ हजार बिघाभन्दा बढी जग्गा बाँझो रहेको उनले जानकारी दिए।

यसैगरी, कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्रले जंगली जनावरबाट बाली जोगाउन नसकेपछि नगर क्षेत्रभित्र करिब १० हजार बिघा जग्गा वर्षौंदेखि बाँझो रहेको जानकारी दिए। ‘वैरवादेखि मलेठसम्मको हजारौं बिघा जग्गामा मुस्किलले १० प्रतिशतमा मात्रै खेती हुन्छ होला। अरु सवै जग्गा बाँझो छ,’ उनले भने, ‘लगाएको बाली पनि घरसम्म ल्याइपुर्‍याउन हम्मे–हम्मे पर्छ।'

सर्वसाधारणको अवस्था देख्दा टिठ लाग्ने गरेको बताएका उनले नागरिकको जनधनको सुरक्षाका लागि चाहेर पनि केही गर्न नसकेको लाचारी सुनाए।

आधा दर्जनभन्दा बढी स्थानीय तहमा जंगली जनावरको आतंक
सप्तकोशी, कञ्चनरुप, शम्भुनाथ, हनुमाननगर कंकालिनी, सुरुङ्गा, खडक नगरपालिका तथा अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाका दर्जनौं गाउँमा हात्ती, बँदेल, अर्ना, भालु, बाँदर लगायतका जंगली जनावरको आतंक छ।

आरक्षको मध्यवर्ति क्षेत्र र आसपासमा हात्ती, अर्ना र बँदेल तथा मध्यवर्ति क्षेत्रबाहिर हात्तीको त्रास अधिक छ। जंगली हात्तीको पीडा पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ धेरै र दक्षिणतर्फ केही कम रहेको स्थानीयहरु बताउँछन्। चुरे जंगल आसपासमा बस्ने सर्वसाधारणले भालु र बाँदरको थप समस्या झेलिरहेका छन्।

दर्जनभन्दा बढीले ज्यान गुमाए, धेरै अंगभंग
गत जेठ ६ गते सम्साँझै हात्तीले टाउकोमा कुल्चेर कञ्चनरुप नगरपालिका–६, जमुवाका ६५ वर्षीय गोसाई चौधरीको मृत्यु भयो। खेतमा काम गरेर घर फर्कँदै गरेका चौधरीलाई हात्तीले बाटोमै आक्रमण गरेपछि उनले घटनास्थलमै ज्यान गुमाए।

२०७५ फागुन १ गते सोही नगरपालिकाको वडा नम्बर ५, पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मन्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षीया दुर्गीदेवीको पनि हात्तीकै आक्रमणबाट मृत्यु भयो।

यसअघि वडा नम्बर १०, बदगामाकी ७० वर्षीया फूलवादेवी यादव र सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादवले पनि हात्तीको आक्रमणकै कारण ज्यान गुमाए।

योसँगै कञ्चनरुपमा मात्रै पछिल्लो एक वर्षमा हात्तीको आक्रमणमा परी मृत्यु हुनेको संख्या ९ पुगेको मेयर मिश्रले बताए।

हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादवको पनि हात्तीको आक्रमणमा मृत्यु भएको छ। घाइते र अंगभंग हुनेको संख्या अझै धेरै छ।

राहत र क्षतीपुर्ति पनि पाउँदैनन पीडितले
आरक्षका जंगली जनावरको आक्रमणमा परी मृत्यु, घाइते तथा अन्नबाली र घर क्षति भएका पीडित परिवारले राहत, क्षतिपूर्ति र सुरक्षासमेत नपाएको गुनासो गर्दै आएका छन्।

न्यून मात्रा दिइने राहत र क्षतिपूर्तिका लागि पनि धेरै झन्झट गर्नुपर्ने र लामो समय पर्खनुपर्ने भएकाले अधिकांशले राहत/क्षतिपूर्ति माग्नै छोडेको मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव बताउँछन्।

डिभिजन वन कार्यालय राजविराजका प्रमुख धिरेन्द्र सिंह पनि समयमा राहत र क्षतिपूर्ति नपाउँदा सर्वसाधारणमा आक्रोश बढेको बताउँछन्। ‘पीडितले सवै प्रक्रिया पूरा गरिसकेपछि पनि डब्लुडब्लुएफले अर्थ मन्त्रालय, अर्थले वन मन्त्रालय र वनले कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई राहत रकम पठाएपछि डिभिजन वन कार्यालयमार्फत वितरण हुने हो,’ सिंह भन्छन्, ‘यति लामो प्रक्रिया पूरा गर्दागर्दै पीडित आजित हुन्छन्।’

लाखौं रकम खर्च गरेर घाइतेको उपचार गराए पनि राज्यले दिने राहत समयमा उपलब्ध नहुँदा आक्रोश बढ्नु स्वभाविक भएको उनले स्वीकारे। उनले थपे, ‘खर्च अभावले स्तरीय उपचार नपाउँदा कतिपयको ज्यानै जाने अवस्था पनि आउँछ।’

सरकारले दिने राहत र क्षतिपूर्ति थोरै र समयमा नपाउने भएकैले कञ्चनरुप र सप्तकोशी नगरपालिकाले पीडित परिवारलाई अवस्था हेरी ५ देखि १० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउन थालेका छन्। चालू आर्थिक वर्षमा सप्तकोशी नगरपालिकाका २० जनाले राहत रकम लिएको कार्यालयका कर्मचारी दयाराम भट्टराईले जानकारी दिए।

प्रहरीको गस्ती
जिल्लाको पूर्व-उत्तर क्षेत्रमा जंगली हात्तीको आतंक बढेपछि प्रहरीले गस्ती बढाएको छ। जेठ १७ गते राति हात्ती धपाउनकै लागि रुपनी गाउँपालिकामा प्रहरीले ४ राउन्ड हवाई फायर गर्‍यो। तर, प्रहरीको गस्तीकै बीचमा पनि हात्तीले घर भत्काउन भने छोडेको छैन।

त्यसपछि पनि शम्भुनाथ नगरपालिका तथा रुपनी र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका दर्जनौं घरमा हात्तीले क्षति पुर्‍याएको छ।

संघीय सरकारलाई दोस दिन्छन् स्थानीय तह
जंगली जनावरको आतंक दिन-प्रतिदिन बढ्दै गएको छ। स्थानीयवासी रातिसमेत सुत्न छोडेका छन्। रातभर जागै बसेर आगो बाल्नु, थाल ठटाउनु, पटाका पड्काउनु र सामूहिकरुपमा जम्मा भएर होहल्ला गर्नु गाउँलेको दैनिकी बनेको छ।

यति हुँदा पनि स्थानीय तहले भने नागरिकको धनजनको सुरक्षाका लागि कुनै पहल गर्न सकेको छैन।

‘हामीसँग हात्ती नियन्त्रण गर्ने अधिकार र क्षमता केही छैन,’ कञ्चनरुपका मेयर मिश्र भन्छन्, ‘जिल्ला प्रशासन कार्यालय, आरक्ष तथा प्रदेश र संघीय सरकारलाई गुहार गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन।’

२/४ लाख खर्च गरेर आरक्ष र जंगली जनावरको समस्या समाधान नहुने भएकाले संघीय सरकारले नै दीर्घकालीन योजना बनाएर नागरिकको धनजनको सुरक्षा गर्नुपर्ने उनको राय छ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ आज देशभरको मौसम
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो रहनेछ आज देशभरको मौसम बुधबार, साउन २७, २०८३
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु बुधबार, साउन २७, २०८३
शरीरमा आयोडिनको कमी हुँदा कस्ता समस्या देखिन्छन्? बुधबार, साउन २७, २०८३
बालेन सरकारलाई झट्का, एकै दिन दुई सचिवले दिए राजिनामा बुधबार, साउन २७, २०८३
आज अन्तर्राष्ट्रिय युवा दिवस, विविध कार्यक्रम गरी मनाइँदै बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्