• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आफ्नो जग्गा बाँझो छोडी बटिया गरेर जीविका, जनप्रतिनिधि भन्छन्- खेती गर भन्ने अवस्था छैन

थाल ठटाएर र सामूहिक होहल्ला गरेर जनावर धपाउनु दैनिकी
64x64
नेपाल लाइभ बिहीबार, असार ५, २०७६  १५:१४
1140x725

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका–६, जमुवाका ५५ वर्षीय देवप्रसाद चौधरी केही वर्षदेखि अरुको खेत बटिया (अधियाँ)मा कमाएका छन्। परिवार पाल्नका लागि उनीसँग यसबाहेक अन्य कुनै विकल्प छैन। यस वर्ष पनि उनले बटिया गरेर उब्जाएको अन्नले परिवारको गुजारा चलाए। तर, उनको आफ्नै १२ कठ्ठा खेत भने ५ वर्षदेखि बाँझो छ।

कोशीटप्पु वन्यजन्तु आरक्ष नजिकै ‘मयुरानी खाता’ भन्ने स्थानमा देवप्रसादसहित उनका ३ दाजुभाइको जग्गा छ। तर, आरक्षका हात्ती, अर्ना, बँदेल, दुम्सीलगायतका जंगली जनावरका कारण ५ वर्षदेखि उनीहरुको जग्गामा बाली लागेको छैन। ‘प्रतिकठ्ठा ३ मनसम्म धान फल्थ्यो,’ देवप्रसादले आफ्नो व्यथा सुनाए, ‘तर, अन्नको गेडो पनि ल्याउन नपाएपछि ५/६ वर्षदेखि बाली लगाउन छोड्यौं।’

लगातार दुई वर्षसम्म अन्न भित्र्याउन नपाएपछि आफ्नो खेत छोडेर अरुको खेत बटिया गर्न थालेको उनको भनाइ छ। ‘जंगली जनावर रुँघेर पनि नसकिने अवस्था आयो,’ उनले थपे, ‘हात्ती, अर्नालगायतका जंगली जनावर आक्रमक हुन थाले। ज्यानै धरापमा पर्न थालेपछि बाली नलागाउने निर्णयमा पुगेका हौं।’

आरक्षमा छोडिएका छाडा पशुचौपायाका कारण पनि खेती गर्न असम्भव जस्तै भएको उनले दाबी गरे। हजारौंको संख्यामा छोडिएका गाईवस्तुले मध्यवर्ति क्षेत्रमा आएर अन्नबाली नष्ट गर्ने गरेको उनी बताउँछन्। ‘आरक्षमा ठूलाठालुका सयौं गाईगोरु छाडा छोडिएका छन्,’ देवप्रसादले आक्रोशमिश्रित स्वरमा भने, ‘हुलका हुल गाईवस्तु पसेपछि बाली जोगाउँछु भनेर नसोचे पनि हुन्छ।’

मयुरानी खातामा देवप्रसादसहित उमाकान्त चौधरी, सितल चौधरी, लक्ष्मीनारायण चौधरी, महिनारायण चौधरी, जोगिन्दर साहलगायत ३५/४० परिवारको झन्डै १ सय विघा जग्गा बाँझो छ। पिप्रा पूर्वमा पनि १ सय विघाभन्दा बढी जग्गा जंगली जनावरकै कारण बाँझो बसेको उनले जानकारी दिए।

सप्तकोशी नगरपालिकाको कमलपुरका भिमप्रसाद यादव र भिखन यादवले पनि खेतमा बाली लगाउन छोडेको बताए। दुवै जनाको २/२ विघा जग्गा मध्यवर्ति क्षेत्रभित्रै पर्छ। ‘हात्ती र अर्नाले गाउँमै पसेर आक्रमण गर्न थालिसके, खेतको अन्नबालीको त कस्ले हिसाब राख्ने?,’ भिखन भन्छन्, ‘बाली नष्ट गरिहाल्छ, ज्यान पनि जोखिममा पर्छ। क्षतिपूर्ति पनि पाइँदैन, खेती लगाएर मात्रै के गर्नु?’

आफूहरुसहित मध्यवर्ति क्षेत्रभित्रको सयौं विघा जग्गामा सर्वसाधारणले बाली लगाउन छोडेको उनले जनाए।

Ncell 2
Ncell 2
nimb
nimb

समस्या यतिमा मात्रै सीमित छैन। सप्तकोशी र कञ्चनरुपसहित सप्तरीको पूर्वउत्तर क्षेत्रका महदेवा र तिरहुत गाउँपालिका तथा हुनमाननगर कंकालिनी नगरपालिकाको पनि सयौं बिघा जग्गा बाँझो छ। जंगली जनावरको आतंककै कारण सर्वसाधारणले बाली लगाउन छोडेको जनप्रतिनिधिहरु बताउँछन्।

'जनतालाई खेती गर भन्नसक्ने अवस्था छैन'

‘सरकारले जमिन बाँझो नराख्ने नीति अगाडि सारेको छ, तर हाम्रोमा भने अवस्था अप्ठयारो छ,’ सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार गौतम भन्छन्, ‘यहाँको उर्वर भूमिमा जनताले खेती गर्छौं भन्दा गर भन्नसक्ने अवस्था छैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जंगली जनावरको आतङ्कले उर्वर जमिनको उपयोग गर्न नसकिएको उनको भनाइ छ। सप्तकोशी नगरपालिकाको सखुवनी, सिद्धिपुर, कमलपुर, ओद्राहा, बोचही, फत्तेपुर गरी ३ हजार बिघाभन्दा बढी जग्गा बाँझो रहेको उनले जानकारी दिए।

यसैगरी, कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्रले जंगली जनावरबाट बाली जोगाउन नसकेपछि नगर क्षेत्रभित्र करिब १० हजार बिघा जग्गा वर्षौंदेखि बाँझो रहेको जानकारी दिए। ‘वैरवादेखि मलेठसम्मको हजारौं बिघा जग्गामा मुस्किलले १० प्रतिशतमा मात्रै खेती हुन्छ होला। अरु सवै जग्गा बाँझो छ,’ उनले भने, ‘लगाएको बाली पनि घरसम्म ल्याइपुर्‍याउन हम्मे–हम्मे पर्छ।'

सर्वसाधारणको अवस्था देख्दा टिठ लाग्ने गरेको बताएका उनले नागरिकको जनधनको सुरक्षाका लागि चाहेर पनि केही गर्न नसकेको लाचारी सुनाए।

आधा दर्जनभन्दा बढी स्थानीय तहमा जंगली जनावरको आतंक
सप्तकोशी, कञ्चनरुप, शम्भुनाथ, हनुमाननगर कंकालिनी, सुरुङ्गा, खडक नगरपालिका तथा अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाका दर्जनौं गाउँमा हात्ती, बँदेल, अर्ना, भालु, बाँदर लगायतका जंगली जनावरको आतंक छ।

आरक्षको मध्यवर्ति क्षेत्र र आसपासमा हात्ती, अर्ना र बँदेल तथा मध्यवर्ति क्षेत्रबाहिर हात्तीको त्रास अधिक छ। जंगली हात्तीको पीडा पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ धेरै र दक्षिणतर्फ केही कम रहेको स्थानीयहरु बताउँछन्। चुरे जंगल आसपासमा बस्ने सर्वसाधारणले भालु र बाँदरको थप समस्या झेलिरहेका छन्।

दर्जनभन्दा बढीले ज्यान गुमाए, धेरै अंगभंग
गत जेठ ६ गते सम्साँझै हात्तीले टाउकोमा कुल्चेर कञ्चनरुप नगरपालिका–६, जमुवाका ६५ वर्षीय गोसाई चौधरीको मृत्यु भयो। खेतमा काम गरेर घर फर्कँदै गरेका चौधरीलाई हात्तीले बाटोमै आक्रमण गरेपछि उनले घटनास्थलमै ज्यान गुमाए।

२०७५ फागुन १ गते सोही नगरपालिकाको वडा नम्बर ५, पथरी टोलका नारायण साहकी पत्नी ३५ वर्षीया मन्जुदेवी र टिर्हा मुखियाकी पत्नी ४५ वर्षीया दुर्गीदेवीको पनि हात्तीकै आक्रमणबाट मृत्यु भयो।

यसअघि वडा नम्बर १०, बदगामाकी ७० वर्षीया फूलवादेवी यादव र सत्यनारायण यादवकी १३ वर्षीया छोरी संगीता यादवले पनि हात्तीको आक्रमणकै कारण ज्यान गुमाए।

योसँगै कञ्चनरुपमा मात्रै पछिल्लो एक वर्षमा हात्तीको आक्रमणमा परी मृत्यु हुनेको संख्या ९ पुगेको मेयर मिश्रले बताए।

हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादवको पनि हात्तीको आक्रमणमा मृत्यु भएको छ। घाइते र अंगभंग हुनेको संख्या अझै धेरै छ।

राहत र क्षतीपुर्ति पनि पाउँदैनन पीडितले
आरक्षका जंगली जनावरको आक्रमणमा परी मृत्यु, घाइते तथा अन्नबाली र घर क्षति भएका पीडित परिवारले राहत, क्षतिपूर्ति र सुरक्षासमेत नपाएको गुनासो गर्दै आएका छन्।

न्यून मात्रा दिइने राहत र क्षतिपूर्तिका लागि पनि धेरै झन्झट गर्नुपर्ने र लामो समय पर्खनुपर्ने भएकाले अधिकांशले राहत/क्षतिपूर्ति माग्नै छोडेको मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव बताउँछन्।

डिभिजन वन कार्यालय राजविराजका प्रमुख धिरेन्द्र सिंह पनि समयमा राहत र क्षतिपूर्ति नपाउँदा सर्वसाधारणमा आक्रोश बढेको बताउँछन्। ‘पीडितले सवै प्रक्रिया पूरा गरिसकेपछि पनि डब्लुडब्लुएफले अर्थ मन्त्रालय, अर्थले वन मन्त्रालय र वनले कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई राहत रकम पठाएपछि डिभिजन वन कार्यालयमार्फत वितरण हुने हो,’ सिंह भन्छन्, ‘यति लामो प्रक्रिया पूरा गर्दागर्दै पीडित आजित हुन्छन्।’

लाखौं रकम खर्च गरेर घाइतेको उपचार गराए पनि राज्यले दिने राहत समयमा उपलब्ध नहुँदा आक्रोश बढ्नु स्वभाविक भएको उनले स्वीकारे। उनले थपे, ‘खर्च अभावले स्तरीय उपचार नपाउँदा कतिपयको ज्यानै जाने अवस्था पनि आउँछ।’

सरकारले दिने राहत र क्षतिपूर्ति थोरै र समयमा नपाउने भएकैले कञ्चनरुप र सप्तकोशी नगरपालिकाले पीडित परिवारलाई अवस्था हेरी ५ देखि १० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउन थालेका छन्। चालू आर्थिक वर्षमा सप्तकोशी नगरपालिकाका २० जनाले राहत रकम लिएको कार्यालयका कर्मचारी दयाराम भट्टराईले जानकारी दिए।

प्रहरीको गस्ती
जिल्लाको पूर्व-उत्तर क्षेत्रमा जंगली हात्तीको आतंक बढेपछि प्रहरीले गस्ती बढाएको छ। जेठ १७ गते राति हात्ती धपाउनकै लागि रुपनी गाउँपालिकामा प्रहरीले ४ राउन्ड हवाई फायर गर्‍यो। तर, प्रहरीको गस्तीकै बीचमा पनि हात्तीले घर भत्काउन भने छोडेको छैन।

त्यसपछि पनि शम्भुनाथ नगरपालिका तथा रुपनी र अग्निसाइर कृष्णासवरण गाउँपालिकाका दर्जनौं घरमा हात्तीले क्षति पुर्‍याएको छ।

संघीय सरकारलाई दोस दिन्छन् स्थानीय तह
जंगली जनावरको आतंक दिन-प्रतिदिन बढ्दै गएको छ। स्थानीयवासी रातिसमेत सुत्न छोडेका छन्। रातभर जागै बसेर आगो बाल्नु, थाल ठटाउनु, पटाका पड्काउनु र सामूहिकरुपमा जम्मा भएर होहल्ला गर्नु गाउँलेको दैनिकी बनेको छ।

यति हुँदा पनि स्थानीय तहले भने नागरिकको धनजनको सुरक्षाका लागि कुनै पहल गर्न सकेको छैन।

‘हामीसँग हात्ती नियन्त्रण गर्ने अधिकार र क्षमता केही छैन,’ कञ्चनरुपका मेयर मिश्र भन्छन्, ‘जिल्ला प्रशासन कार्यालय, आरक्ष तथा प्रदेश र संघीय सरकारलाई गुहार गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन।’

२/४ लाख खर्च गरेर आरक्ष र जंगली जनावरको समस्या समाधान नहुने भएकाले संघीय सरकारले नै दीर्घकालीन योजना बनाएर नागरिकको धनजनको सुरक्षा गर्नुपर्ने उनको राय छ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्