सोल- दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ।
दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले टेलिभिजनमार्फत एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।
विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)मार्फत उत्तर कोरियालाई उक्त चामल प्रदान गरिने किमले स्पष्ट पारे। किमका अनुसार सरकारले दुई महिनाभित्र उक्त ५० हजार टन चामल उत्तर कोरियालाई दिई सक्ने डब्ल्युएफपीले जानकारी दिएको छ।
यसै महिनाको सुरुमा उत्तर कोरियाका लागि ८० लाख अमेरिकी डलर बराबरको रकम दक्षिण कोरियाले डब्ल्युएफपी र युनिसेफमार्फत उत्तर कोरियालाई दिएपछि पुनः यो चामल प्रदान गर्ने योजना अघि सारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।