• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बूढीगण्डकीमा सरकारको गेजुवा मोह, सम्पर्क स्थापना गर्दै विच्छेद गर्दै गेजुवा

के चाहन्छ सरकार, के चाहन्छ गेजुवा?
64x64
नेपाल लाइभ बिहीबार, असार ५, २०७६  ०६:०२
1140x725

काठमाडौं- १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले चिनियाँ कम्पनी चाईना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी (सिजीजिसी-छोटकरीमा गेजुवा)लाई दिन चाहेको छ। उसले पनि सो आयोजना निर्माणका लागि चासो देखाएको छ। तर यो कम्पनीले कहिले सरकारसँग सम्पर्क स्थापना गर्छ त कहिले विच्छेद गर्छ। वास्तविक काम सुरु गर्न भने अझै कति समय लाग्नेवाला छ यकिन छैन। 

परिदृश्य-१
गत जेठ २० गते राष्ट्रियसभाको राष्ट्रिय हित तथा सरोकार समितिमा उर्जा, जलश्रोत तथा सिंचाईंमन्त्री वर्षमान पुनले आयोजना निर्माणमा चासो देखाएको गेजुवा पछिल्लो ६ महिनायता सम्पर्कमा नरहेको जानकारी गराए। 

परिदृश्य-२
असार ३ गते संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिमा उर्जामन्त्री पुनले गेजुवा फेरि सम्पर्कमा आएको जानकारी दिए। ‘पछिल्लो समय चिनियाँ कम्पनी हामीसँग सम्पर्कमा थिएन। त्यही कुरा मैले संसदीय समितिमा बोलेको थिएँ। तर अहिले हामी भागेको छैनौं है भनेर पत्र पठाएको छ,’ उनले भने।

के चाहन्छ सरकार? के चाहन्छ गेजुवा? 
सरकार चाहन्छ–बूढीगण्डकीमा चाईना गेजुवाले नै काम गरोस्। गेजुवा पनि चाहन्छ उसको हातबाट बूढीगण्डकी नखुस्किओस्। दुईटैको चाहना एउटै जस्तो देखिन्छ। तर, दुवै चाहनामा दुई थरि स्वार्थ लुकेको अनुमान गर्न सकिन्छ। 

सन् १९७० को दशकमा गण्डकी बेसिनको अध्ययनका क्रममा पत्ता लागेको उक्त आयोजनामा विभिन्न समयमा विभिन्न मुलुकका कम्पनीले निर्माणको चासो देखाए। तर, काम सुरु गरिहाल्ने आँट कसैले गरेनन्। 

विदेशी कम्पनीले आयोजनामा काम गर्न नचाहनुका पछाडि तीन कारण मुख्य छन्। पहिलो–जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम नटुंगिनु, दोश्रो–जलाशयमा आधारित उक्त आयोजनाको उत्पादन लागत अरु आयोजनाका तुलनामा बढी देखिनु र तेश्रो–नेपालको राजनीतिक दाउपेचमा अल्झिरहने उक्त आयोजनामा लगानी गर्दा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित भएको प्रत्याभुति नहुनु। 

गेजुवा बूढीगण्डकी आयोजना गुमाउन पनि चाहँदैन, अहिलेकै अवस्थामा काम गर्न पनि चाहँदैन। उसलाई आयोजनाका तत्काल बनाइहाल्ने भन्दा पनि उसले पाएको अनुमति नेपालले तत्काल खारेज नगरोस् भन्नेमा मात्र चासो छ। 

बूढीगण्डकीमा विगतमा २ पटकसम्म राष्ट्रिय/अन्तरराष्ट्रिय रुपमा लगानी गर्नका लागि नेपालले आह्वान गरेपनि गेजुवाबाहेक अरु कुनै कम्पनीले काम गर्ने चासो देखाएनन्। आयोजना निर्माणका लागि सरकारले गेजुवाको विकल्प फेला पारेन भने गेजुवाले पनि नेपालसँग बार्गेनिक गर्ने गतिलो आधार पाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको राजनीतिक खिचातानीका कारण गेजुवाको हातबाट बूढीगण्डकी फुत्कन नपाएपनि उक्त कम्पनीले आयोजना अगाडि बढाउने विषयमा भने कहिल्यै चासो देखाएको पाइँदैन। सरकारले विभिन्न चरणमा गेजुवासँग छलफलका लागि प्रयास पनि गरेको छ। तर गेजुवाले भने त्यसको वास्ता गरेको देखिँदैन। बरु उल्टै आयोजना बनाउने हो भने उत्पादन क्षमता घटाइनुपर्ने लगायतका माग राख्न थालेको छ। 

आयोजना निर्माणका लागि सरकारले गेजुवाको विकल्प फेला पारेन भने गेजुवाले पनि नेपालसँग बार्गेनिक गर्ने गतिलो आधार पाएको छ। 

सरकारले बूढीगण्डकी आयोजना गेजुवामार्फत् नै बनाउन खोजेजस्तो देखिन्छ। वर्षौंसम्म आयोजनामा काम गर्न अनिच्छा देखाएको कम्पनीलाई पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा जिम्मा लगाइएको थियो। अझै पनि सरकार गेजुवा आओस र काम गरोस भन्ने चाहन्छ। गेजुवा छ–छ महिनासम्म सम्पर्कबिहीन भएर बस्दा पनि सरकारले उसँग सम्बन्ध तोड्न नखोज्नुले त्यसको पुष्टि गर्छ। 

अर्को महत्वपूर्ण विषय, आयोजना आफैं बनाउने वा विदेशी कम्पनीलाई जिम्मा दिने भन्ने विषयमा पनि सरकारले स्पष्ट धारणा बनाउन सकेको देखिँदैन। राष्ट्रिय गौरवका रुपमा रहेको मुलुककै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बूढीगण्डकी आफैं बनाउने भन्दै लगानीसमेत जुटाउने प्रयास भएपनि यो सरकारले आयोजना निर्माण गर्न गेजुवाकै मुख ताकेर बसेको छ।  

कसरी भित्रिएको थियो चाईना गेजुवा? 
२०७३ सालमा पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा सरकारले आयोजना निर्माणको जिम्मा चीन सरकारको स्वामित्वमा रहेको कम्पनी गेजुवालाई अनुमति दिने निर्णय गरेको थियो। 

सरकारले आयोजनामा कम्पनी आफैंले लगानी गर्ने तथा निर्माणको काम पनि गर्ने गरी लगानी–खरीद–ईन्जिनियरिङ र निर्माण (आईपीसीएफ) मोडेलमा सम्झौता गरेको थियो। तर, गेजुवाले वर्षौंसम्म पनि काम गर्ने चासो देखाएको छैन। त्यसको निरन्तरता अहिले पनि जारी छ।

तत्कालीन सरकारले विद्युत ऐन २०४९ को दफा ३५ अनुसार आयोजना निर्माणको जिम्मा गेजुवालाई दिने निर्णय गरेको जनाएको थियो। तर, विगठित संसद्‍को सार्वजनिक लेखा समितिले बिना प्रतिस्पर्धा गेजुवालाई दिइएको भन्दै उक्त निर्णय खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो।

तर हालसम्म पनि आयोजना निर्माणको विस्तृत सम्झौता भने भएको छैन।

सोही निर्देशन अनुसार २०७४ कार्तिक २७ गतेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले गेजुवासँगको सम्झौता रद्द गर्यो। बूढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता सम्बन्धमा उर्जा मन्त्रालय तथा गेजुवाबीच २०१७ जुन १७ मा भएको सम्झौता मन्त्रिपरिषदको उक्त निर्णयले खारेज गरिदियो। 

उक्त निर्णयसँगै सरकारले आयोजना अगाडि बढाउन नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा विशिष्टीकृत आयोजना कार्यान्वयन इकाइ स्थापना गरी आयोजना अगाडि बढाएने निर्णय गरेको थियो।

केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै देउवा नेतृत्वको सरकारले गरेका २०७४ भदौ पछिका निर्णय खारेज गर्यो। त्योसँगै बूढीगण्डकीका विषयमा भएको निर्णय पनि उल्टियो। गेजुवाले नै आयोजनामा काम गर्ने अर्को मौका पायो।

गेजुवालाई लगानी, खरीद, ईन्जिनियरिङ र निर्माणलगायतका सबै काम जिम्मा दिने गरी इपिसिएफ मोडलमा आयोजना निर्माण गर्न मन्त्रिपरिषदले अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो। तर हालसम्म पनि आयोजना निर्माणको विस्तृत सम्झौता भने भएको छैन।

यद्यपि, चीन सरकारको स्वामित्वमा रहेको उक्त कम्पनीलाई नेपालले फेरि नयाँ ढंगले संवाद सुरु गरेको कुरा उर्जामन्त्रीले संसदीय समितिमा बोलिसकेका छन्।

बूढीगण्डकी पहिचानपछिका ५ दशक 
बूढीगण्डकी आयोजना निर्माण हुन सक्ने सन् १९७० को दशकमा गण्डकी बेसिनको अध्ययनका क्रममा पत्ता लागेको थियो। समयक्रममा आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट अध्ययन हुने तथा निर्माणको प्रतिबद्धता आएपनि काम भने अझै सुरु भएको छैन। 

२०६६ सालको बजेटमा सरकारले बूढीगण्डकी आयोजना अघि बढाउने भनेर सरकार लागी पर्यो। त्यसपछिका हरेक वर्ष बूढीगण्डकीका नाममा बजेट विनियोजन भइरहेको छ। तर, कार्यान्वयनको अवस्था भने अझै नाजुक छ। 

मुआब्जा वितरणको सकस 
बूढीगण्डकीमा जग्गा अधिग्रहण र मुआब्जा वितरणमा देखिएको सकस टुंगाउन सरकारलाई हम्मे–हम्मे परिरहेको छ।

हाल आयोजना प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम भईरहेको छ। उर्जा मन्त्रालयका अनुसार हालसम्ममा २५ अर्ब रुपैयाँभन्दा बढी रकम मुआब्जा वितरणमा खर्च भईसकेको छ। ६४ हजार जना विस्तापित हुनुपर्ने उक्त आयोजनामा अझै १३ हजार रोपनी जग्गाको मुआब्जा वितरण हुन बाँकी छ।

प्रभावित क्षेत्रमध्ये अन्तिममा मुआब्जा वितरण गर्ने भनेर राखिएका खहरे, आरुघाट र आर्के बजारमा अझैपनि अधिग्रहणको काम सुरु भएको छैन। 

ती क्षेत्रमा जग्गाको मूल्य अकासिएको छ। सुरुमा ती बस्तीका लागि प्रतिआना साढे ५ लाख, साढे ७ लाख र साढे ८ लाख रुपैयाँ निर्धारण भएकोमा अहिले बढाएर प्रतिआना २५ लाख रुपैयाँसम्म पुर्याएइएको छ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  ०६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्