वेलिङ्टन- न्युजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको गोली प्रहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय सुनाइएको छ।
नवनाजीका चित्र र बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आर्प्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री पोस्ट गरेको भन्दै उनलाई दोषी ठहर गरिएको हो।
क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले बुधबार आर्प्समाथि सजाय सुनाएका थिए। अदालतमा उनले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताए।
क्राइस्टचर्चको मस्जिदमा भएको अन्धाधुन्ध गोली प्रहारबाट ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अरु केही घाइते भएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।