फाइल तस्बिर।
काठमाडौं- सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य इन्जिनियरिङ प्रोक्युरमेन्ट, कन्सट्रक्सन एन्ड फाइनान्स मोडल (इपिसिएफ) मा अघि बढाउने तयारी गरेको छ।
चीनको गेजुवा कम्पनीले समेत सो आयोजनाको काममा अघि बढाउन चासो नदिएपछि सरकारले स्वदेशी तथा आवश्यकताअनुसार विदेशी कम्पनीहरुको संयुक्त लगानीमा सो आयोजनाको कामलाई अघि बढाउने तयारी गरेको हो।
मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सो आयोजनाको कामलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे। उनले इपिसिएफ मोडलमा सो आयोजना अघि बढाउने तयारी गरिएको पनि समितिलाई जानकारी दिए।
मन्त्री पुनले सो आयोजनाको कामलाई अघि बढाउने गरी ड्यामसाइडको मुआब्जा वितरणको काम सम्पन्न गरिएको पनि बताए।
मन्त्री पुनले सो आयोजनाको लागि २५ अर्बको मुआब्जा वितरणको काम सम्पन्न गरिएको र आरुघाटलगायतका बजार क्षेत्रको मुआब्जा वितरणको काम विवादमा आएकाले त्यसलाई समाधान गर्न प्रयास भइरहेको पनि स्पष्ट पारे।
यो पनिः
ट्रंकलाइन विद्युत महशुल नउठाएर हामीले गल्ती गरेकै हौं : उर्जामन्त्री पुन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।