विहार- भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १ सय ३ पुगेको छ।
'श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,' अस्पतालका प्रमुख डा सुनिल कुमार सिंहले भने। मुजफ्फरपुरको केजरीवाल अस्पतालमा थप एक जनाको मृत्यु भएपछि त्यहाँ मात्रै मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।
विहारका मुख्यमन्त्री नितिश कुमारले यसै विषयमा सोमबार साँझ स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुसँग बैठकको समेत आयोजना गरे। उनले इन्सेफ्लाइटिसबाट मृत्यु भएकाको परिवारलाई ४ लाख रुपैँया दिने घोषणा पनि गरेका छन्।
उनले रोग नियन्त्रणका लागि आवश्यक कार्य गर्न पनि स्वास्थ्य विभाग, जिल्ला प्रशासन र चिकित्सकहरूलाई निर्देशन दिएका छन्।
टाउको दुख्ने, उच्च ज्वरो आउनेलगायतका लक्षण देखिने यो रोग सरुवा रोग भएकाले पनि धेरैलाई असर गरेको चिकित्सकहरुले बताएका छन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।