• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गुठी विवादमा सर्वोच्चको एक फैसला– गुठी मासे धर्म, परम्परा र सभ्यता मर्छ [पूर्णपाठ]

64x64
नेपाल लाइभ सोमबार, असार २, २०७६  १४:००
1140x725

काठमाडौं– गुठी विधेयकका चर्चा चलिरहेकै समयमा सर्वोच्च अदालतको एक फैसला सार्वजनिक भएको छ। हालै मात्र सार्वजनिक फैसलामा गुठी मासे धर्म र परम्परासमेत मासिने भनिएको छ। 

धनुषाको जनकपुरस्थित राजगुठी अन्तर्गत रत्नसागर मठ स्थानको महन्त विवादको फैसलामा सर्वोच्चले यस्तो व्याख्या गरेको हो। 

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले २०७६ बैसाख १६ गते फैसला गरेको थियो। जसमा सर्वोच्चले 'गुठी जोगाउनु भनेको पछिल्लो पुस्तासम्म हाम्रो धर्म, संस्कृति र परम्परा कायम राख्नु भएको' भनेको छ।

धर्मसंस्कृति मास्ने विषयलाई अदालतबाट छुटकारा नमिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ। सर्वोच्चले गुठी जगेर्नाका लागि जाँचबुझ आयोग गठनको आवश्यकतासमेत औंल्याएको छ। गुठी परम्परा मास्दा सभ्यता मेटिने पनि सर्वोच्चले फैसलामा उल्लेख छ। 

‘भगवान्‌को मन्दिरमा बसी आराधना गर्ने, मठको सम्पत्ति तथा परम्परा जोगाउने र लोककल्याण गर्ने हो, मठको सम्पत्ति नाश गर्ने होइन,’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘मठ मन्दिरको सम्पत्ति नाश गर्ने कार्यलाई अदालतले छुट दिन सक्दैन, त्यसो गर्दा धर्मसंस्कृति र न्याय मर्न जान्छ। न्यायविहीन समाजमा लोकतन्त्र फस्टाउन सक्दैन।’ 

सर्वोच्चको यो फैसलाले गुठी विधेयकको विवादका बारेमा समेत सरकारलाई पुनर्विचारका लागि सहयोग पुर्‍याउन सक्ने देखिन्छ। 

'गुठी मास्ने हक मोही वा महन्त कसैलाई हुँदैन' 
सर्वाेच्च अदालतले हाल चलिरहेको गुठीको जग्गा मोहीले पाउने वा नपाउने विवादमा पनि बोलेको छ। सर्वोच्चले मोही नै भए पनि गुठीको परम्परा विनाश गर्ने गरी भोगाधिकार पाउन नसक्ने भनेको छ। मोही मात्र नभई महन्तलाई पनि यस्तो अधिकार नभएको सर्वोच्चको व्याख्या छ।

‘चाहे गुठी संस्थान होस् वा महन्त वा जग्गा कमाउने मोही नै किन नहोस्, मठमन्दिर वा गुठी परम्पराको विनाश गर्ने हक कसैलाई हुँदैन,’ फैसलामा भनिएको छ, ‘स्वार्थवश गरिएका कुरालाई छुट दिँदा हाम्रा धार्मिक र सांस्कृतिक धरोहर नासिनुका साथै सभ्यतासमेत स्खलित हुन पुग्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

फैसला भएको दुई महिनापछि तयार भएको पूर्णपाठमा गुठीलाई परम्परा कायम राख्ने  र पछिल्लो पुस्तासँग जोड्ने व्याख्या पनि सर्वोच्चले गरेको हो। 

'छुट्टै जाँचबुझ आयोग गठन हुनुपर्छ' 
सर्वोच्च अदालतले गुठीका जग्गा र अन्य विवादका विषयमा अलग्गै जाँचबुझ आयोग बनाउन सुझाव दिएको छ। विधेयक विवादमा विज्ञहरुले पनि यही राय दिँदै आएको समयमा सर्वोच्चको यस्तो सुझाव आएको हो। 

मठमन्दिर जनताको अमूल्य सम्पत्ति रहेको भन्दै सर्वोच्चले जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत छुट्टै आयोग गठन गरी गुठी सम्पत्तिको छानबिन गर्नेतर्फ सरकार र भूमि सुधार मन्त्रालयको ध्यानाकर्षण गराएको छ। 

‘पूर्वजहरुले हामीलाई छाडेका अमूल्य निधि नासोको रुपमा सुम्पेकाले भावी पुस्तालाई पनि त्यही रुपमा हस्तान्तरण गर्नुपर्ने कर्तव्यतर्फ पनि सजग हुनुपर्ने हुन्छ,’ सर्वाेच्चको फैसलामा भनिएको छ, 'कुनै धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालनमा व्यक्तिगत लोभलालच वा स्वार्थको कुनै स्थान रहनु हुँदैन।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'अनन्तकालसम्म एउटै महन्त रहन सक्दैन' 
सर्वाेच्च अदालतले कुनै पनि गुठीमा एक पटक नियुक्त भएको व्यक्ति आजीवन नेतृत्वमा हुन नसक्ने व्याख्या गरेको छ। नियुक्त हुने व्यक्ति निश्चित अवधिका लागि हुने र त्यसपछि अर्को व्यक्तिमा उक्त जिम्मेवारी सर्नुपर्ने सर्वोच्चको व्याख्यामा उल्लेख छ। 

गुठीमा अनन्तकालसम्म ‘महन्त’ रहन पाउने वा नपाउने विषयको एक विवादमा सर्वोच्चबाट यस्तो फैसला गरेको हो। 

यस्तो थियो विवाद
गुठीको जग्गा एक वा अर्को निहुँमा बिक्री गर्ने, वितरण गर्ने र आफ्नो नाउँमा बस्ती बसाउने कार्य हुन थालेको आरोपसहित गुठी संस्थान, केन्द्रीय कार्यालयले महन्त वैकुण्ठदास वैष्णवलाई हटाएर नयाँ नियुक्ति गरेको थियो। 

गुठी परम्परा अनुसार महन्तले धर्म आचरण पालन गरी सनातनदेखि चली चलाई आएको धार्मिक कार्य सञ्चालन गरी गुठीको चलअचल सम्पत्ति, देवमूर्ति गरगहना समेतको सुरक्षा, संरक्षणको कार्य र गुठी बन्दोबस्त गर्नुपर्ने दायित्व रहने फैसलामा उल्लेख छ। 

सर्वोच्चले महन्तलाई हटाउने गरी भएको गुठी संस्थानको निर्णयलाई सदर गर्ने फैसला सुनाएको छ। महन्तले हालेको रिट खारेज गर्दै सर्वोच्चले सधैका लागि महन्तको जिम्मेवारीमा गुठी नहुने भनेको हो। महन्तको पदावधिसँग सम्बन्धित भए पनि सर्वोच्चबाट समग्र गुठी विकृतिमा मानक हुने गरी सर्वोच्चले व्याख्या गरेको छ।

हेर्नुस् सर्वोच्चको पूर्णपाठ

प्रकाशित मिति: सोमबार, असार २, २०७६  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्