काठमाडौं– नेकपाका सांसद खगराज अधिकारीले संसदमा ‘होलीवाइन’लाई लिएर प्रश्न गरेका छन्। यहाँ भ्रम सिर्जना र गुमराहमा पार्न धेरै मान्छे काबिल भएको भन्दै उनले संसदमा प्रश्न गरे।
उनको पहिलो प्रश्न थियो, ‘होलीवाइनका डा मुनलाई सवभन्दा पहिले कसले बोलायो ?
फेरि प्रश्न गरे, ‘होलीवाइन सवभन्दा कसले चाख्यो प्रष्ट हुनुपर्यो सभामुख महोदय?’
गुठी विधेयक सम्बन्धि विवादको विषयलाई लिएर उनले प्रश्न गरेका हुन्। उनको संकेत वर्तमान सरकारले पहिलो नभएकोतर्फ थियो।
नेपाली कांग्रेसले १ सय ६० रुपैयाँ लिएर जमिनन्दारका नाममा गुठीको जग्गा दर्ता गरेको बताउँदै कम्युनिष्ट झन् धर्मसंस्कृतिको संरक्षणमा लागेको जिकिर गरे। उनले कम्युनिस्ट पार्टीले धर्मसंस्कृति मास्न लागेको चर्चा गर्नेलाई पहिले आफ्नै अनुरहा हेर्न सुझाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।